फाइल तस्वीर
२८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–१५ डल्लुबाट जुवातास खेलेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
डल्लुमा डेरा गरी बस्ने रौतहट वृन्दाबन नरपालिका–६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रौतहट राजपुर नगरपालिका–४ घर भएका २१ वर्षीय इमरोज खान समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई ५७ हजार ४ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4