+
+
Shares

चितवनमा जुवातास खेलिरहेका २१ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ४ गते ८:३८

४,कात्तिक, चितवन । चितवनमा जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार राति भरतपुर महानगरपालिका-१० मा रहेको ओदान रेष्टुरेन्टमा जुवातास खेल्दै गरेका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट २ लाख ११ हजार २१० रुपैयाँ र तास एक बुक पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तैं, सोमबार राति नै साढे १२ बजेको समयमा खैरहनी नगरपालिका-११ मा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट एक लाख ५० हजार ७ सय २० रुपैयाँ नगदसहित पाँच बुक तास पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेका सबै जनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?