+
+
Shares

कञ्चनपुरमा जुवा खेलिरहेका ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते ७:०३

३० चैत, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक चिया पसलबाट ७ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

आइतबार बेलुकी सोही स्थानका पदमराज पन्तले सञ्चालन गरेको चिया पसलमा जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो।

प्रहरीले पसल सञ्चालक पदमराज पन्तसहित ७ जनालाई नगद ३६ हजार ४४२ रुपैयाँ र एक गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?