+
+
Shares

जुवा खेलिरहेका २९ जना पक्राउ

रुपन्देहीको सिद्धार्थ नगरपालिका–१० स्थित रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै-खेलाउँदै गरेको अवस्थामा १९ जना पक्राउ परेका छन् । त्यस्तै पोखरा महानगरपालिका–१३ काहुँखोलाका ५१ वर्षीय चित्रबहादुर रानाभाटको इटजोन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जना पक्राउ गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देहीको सिद्धार्थ नगरपालिका–१० स्थित रोयल कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेका छन्।
  • प्रहरीले उनीहरूको साथबाट नगद ९५ हजार ५०० रुपैयाँ, क्यासिनो क्वाइन ५० थान र मोबाइल १७ थान बरामद गरेको छ।
  • पोखरा महानगरपालिका–१३ काहुँखोलामा जुवातास खेलिरहेको अवस्थामा ५१ वर्षीय चित्रबहादुर रानाभाटसहित १० जना पक्राउ परेका छन्।
  • उनीहरूलाई नगद रु ७७ हजार १८० र ८९९ पत्ती ताससहित वडा प्रहरी कार्यालय रामबजारबाट पक्राउ गरिएको हो।

२३ वैशाख, काठमाडौं । रुपन्देहीको सिद्धार्थ नगरपालिका–१० स्थित रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै-खेलाउँदै गरेको अवस्थामा १९ जना पक्राउ परेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उक्त क्यासिनोबाट गएराति उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट नगद ९५ हजार ५०० रुपैयाँ, क्यासिनो क्वाइन ५० थान र मोबाइल १७ थानसमेत बरामद गरेको छ ।

त्यस्तै पोखरा महानगरपालिका–१३ काहुँखोलाका ५१ वर्षीय चित्रबहादुर रानाभाटको इटजोन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जना पक्राउ गरेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ७७ हजार १८० र ८९९ पत्ती ताससहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?