News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं चन्द्रागिरी नगरपालिका–६ की ४४ वर्षीया सरिता गिरीसहित पाँच जना जुवातास खेलेको आरोपमा पक्राउ परेका छन्।
- पक्राउ पर्नेहरूमा मकवापुर, धादिङ र चन्द्रागिरीका विभिन्न उमेर समूहका पुरुषहरू पनि छन्।
- प्रहरी वृत्त थानकोटको टोलीले उनीहरूलाई सरिताको घरमा कौडा खेलिरहेको अवस्थामा आइतबार दिउँसो पक्राउ गरेको हो।
- उनीहरूबाट १ लाख ७२ हजार रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ।
१६ कात्तिक, काठमाडौं । जुवातास खेलेको आरोपमा एक लाख ७२ हजार रुपैयाँसहित पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका–६ कि ४४ वर्षीया सरिता गिरी, मकवापुरका ३२ वर्षीय राजु लामा, धादिङका ३६ वर्षीय नारायण अधिकारी, धादिङकै ३१ वर्षीय मिलन तामाङ, चन्द्रागिरीका ३४ वर्षीय शनि खड्का र मकवानपुरका २७ वर्षीय सम्राट स्याङ्तान छन् ।
उनीहरूलाई प्रहरी वृत्त थानकोटको टोलीले पक्राउ गरेको हो । उनीरुबाट १ लाख ७२ हजार रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ । पक्राउ परेकी गिरी घरबेटी हुन् ।
उनकैको चारतले घरको भुईँ तलाम कौडा खेलेको अवस्थामा प्रहरीले उनीहरुलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4