+
+
Shares

‘लालिमा’ र ‘आबाट आमा’ को शनिबारसम्मको कमाइ कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले ७ चैतसम्म 'लालिमा' फिल्मले ५ लाख २९ हजार ७३८ रुपैयाँ ग्रस कमाएको विवरण सार्वजनिक गरेको छ।
  • 'आबाट आमा' फिल्मले प्रदर्शनको ५१ दिनमा १३ करोड १० लाख ९२ हजार ७७५ रुपैयाँ ग्रस कमाएको छ।
  • 'कुमारी' र 'रमिताको पिरती' फिल्मको लाइफटाइम कलेक्सन क्रमशः ६६ लाख २५ हजार ४५१ र ३० लाख ८४ हजार ८४३ रुपैयाँ छ।

काठमाडौं । चलचित्र विकास बोर्डले पछिल्लो शनिबारसम्मको बक्सअफिस विवरण बाहिर ल्याएको छ । ७ चैत शनिबारसम्म ‘लालिमा’ को कमाइ ५ लाख २९ हजार ७३८ रुपैयाँ ग्रस छ ।

मिराज रोशन निर्देशित फिल्मले सोही अवधिसम्म २०४० वटा टिकट बेचेको छ । यौनकर्मी महिलाको संघर्ष र वेदनाको कथावस्तुमा बनेको यो फिल्ममा रोश्नी अधिकारीको शीर्ष भूमिका छ ।

आइतबार मात्र प्रदर्शनको ५१ दिन मनाएको फिल्म ‘आबाट आमा’ ले शनिबारसम्म १३ करोड १० लाख ९२ हजार ७७५ रुपैयाँ ग्रस कमाएको छ । चन्द्र पन्त निर्देशित फिल्मलाई ५ लाख ३ हजार ११४ जनाले हेरेका छन् अर्थात टिकट बिक्री भयो ।

दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ को लाइफटाइम कलेक्सन ६६ लाख २५ हजार ४५१ नेरु ग्रस छ । ‘रमिताको पिरती’ को लाइफटाइम कलेक्सन ३० लाख ८४ हजार ८४३ रुपैयाँ ग्रस छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?