News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'आबाट आमा' ले ५१ दिन प्रदर्शन पूरा गरी २५ हलमा प्रदर्शन भएको छ र कम्तीमा १३ करोड रुपैयाँ ग्रस कमाएको छ।
- निर्देशक चन्द्र पन्तले दोस्रो श्रृंखला 'आबाट आमा २' को छायांकन बैशाख दोस्रो साताभित्र सुरु हुने जानकारी दिनुभयो।
- दोस्रो श्रृंखलाको कथा पूर्णरुपमा भिन्न हुनेछ र पल शाह मात्र अनुबन्धित भइसकेको छ भने अन्य कलाकार निश्चित भइसकेका छैनन्।
काठमाडौं । फिल्म ‘आबाट आमा’ ले आइतबार प्रदर्शनको ५१ दिन मनाएको छ । यस अवसरमा राजधानीमा आयोजित समारोहमा निर्माताले प्राविधिक, कलाकार, संचारकर्मी, वितरक, प्रदर्शकलाई सम्मान पत्र प्रदान गरे ।
सो अवसरमा निर्देशक चन्द्र पन्तले साथको लागि दर्शकलाई धन्यवाद दिए । उनका अनुसार, फिल्मले आइतबार मुलुकका २५ हलमा प्रदर्शनको यो उपलब्धि हासिल गरेको हो ।
चलचित्र विकास बोर्डका अनुसार, फिल्मले अहिलेसम्म कम्तीमा १३ करोड रुपैयाँ ग्रसको आँकडा पार गरेको छ । पहिलो भागले व्यवसायिक सफलता प्राप्त गरेपछि कार्यक्रममा दोस्रो श्रृंखला चाँडै ल्याउने घोषणा समेत गरियो ।
निर्देशक पन्तका अनुसार बैशाख दोस्रो साताभित्र ‘आबाट आमा २’ को छायांकन सुरु हुँदैछ ।

फिल्मको दोस्रो श्रृंखलाको कथावस्तु अघिल्लोभन्दा पूर्णतः भिन्न हुने पन्तले बताए । ‘यसको कथा पूर्णरुपमा भिन्न हुनेछ । कथा एकापसमा जोडिएको छैन’ पन्तले भने, ‘पूर्ण नयाँ कथा र इमोसन जोडेर दोस्रो श्रृंखला बन्नेछ ।’
दोस्रो श्रृंखलामा इमोसनसहित नयाँ कथा र सकेसम्म नयाँ कलाकारलाई देख्न सकिने उनको भनाइ छ । अहिलेसम्म पल शाहमात्र दोस्रो श्रृंखलामा अनुबन्धित भएको जानकारी उनले दिए । ‘पलबाहेक अन्य कलाकार निश्चित भैसकेको छैन’ पन्तले भने ।
प्राविधिक लगायतको टोली भने अघिल्लो भागबाटै लिइने भएको छ ।
प्रतिक्रिया 4