News Summary
Generated by OK AI. Editorially reviewed.- २०८२ सालमा दोस्रो धेरै कमाउने फिल्म 'आबाट आमा' को दोस्रो श्रृंखला १० बैशाखदेखि छायांकन थाल्ने तयारीमा छ।
- अभिनेता पल शाह र अभिनेत्री विपना थापा दोस्रो श्रृंखलामा फर्किने पक्का भएका छन् र दुवैले प्रोजेक्ट साइन गरेका छन्।
- बलिउड अभिनेता प्रदीप रावतको दोस्रो श्रृंखलामा फर्किने सम्भावना ९० प्रतिशत छ भने दुई अभिनेत्री सिम्रन पन्त र उषा उप्रेती नहुने निश्चित छ।
काठमाडौं । २०८२ सालमा दोस्रो धेरै कमाउने फिल्म बन्यो- ‘आबाट आमा’ । यो फिल्मको दोस्रो श्रृंखला घोषणा भैसकेको छ । १० बैशाखदेखि निर्देशक चन्द्र पन्त छायांकन थाल्ने तयारीमा छन् ।
यस्तोमा, यो फिल्मको ‘कास्टिङ’ लाई लिएर महत्वपूर्ण अपडेट छ । अभिनेता पल शाह र अभिनेत्री विपना थापा दोस्रो श्रृंखलामा फर्किने पक्का भएको छ । दुवैजना कलाकारले प्रोजेक्ट साइन गरेका छन् ।
पहिलो भागमा शाहले छोरा र थापाले आमाको भूमिका निर्वाह गरेका थिए ।
यद्यपि, पहिलो भागमा बुवाको भूमिका निर्वाह गरेका चर्चित बलिउड अभिनेता प्रदीप रावत फर्किने वा नफर्किने कुरा अझै निधो भैसकेको छैन । ‘उहाँ फर्किने सम्भावना ९० प्रतिशत छ । अझै टुंगो लागिसकेको छैन’ पन्तले भने ।
फिल्मका दुई अभिनेत्री सिम्रन पन्त र उषा उप्रेती दोस्रो श्रृंखलामा नहुने निश्चितजस्तै छ । निर्देशक पन्तले यी दुईजनाको ठाउँमा नयाँ कलाकार लिने सम्भावना अधिक रहेको बताए ।
आइतबार ५१ दिन सेलिब्रेसन गरेको फिल्मले अहिलेसम्म घरेलु बक्सअफिसमा १३ करोड भारुभन्दा धेरै कमाइ गरेको छ ।
प्रतिक्रिया 4