+
+
Shares

यमन श्रेष्ठको स्वरमा ‘आबाट आमा’ को गीत ‘लैजा खबर ए हावा’ को नेवारी भर्सन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते २०:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'आबाट आमा' को 'लैजा खबर ए हावा' गीतको नेवारी भर्सन आगामी माघ १६ गते प्रदर्शन अघि रिलिज भएको छ।
  • नेवारी भर्सनमा यमन श्रेष्ठले स्वर दिएका छन् र मदनकृष्ण श्रेष्ठले अनुवाद गरेका हुन्।
  • निर्देशक चन्द्र पन्तले गीतलाई दर्शकले रुचाउनेमा आशावादी रहेको बताए।

काठमाडौँ । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आबाट आमा’ को ‘लैजा खबर ए हावा’ बोलको गीतको नेवारी भर्सन रिलिज भएको छ ।

नेवारी भर्सनको गीतमा यमन श्रेष्ठले स्वर दिएका छन् । युटुबमा अपलोड हुने बितिक्कै गीतले सकारात्मक प्रतिक्रिया पाएको छ ।

केहि दिनअघि रवि ओडले गाएको नेपाली संस्करणको ‘लैजा खबर ए हावा ’ लाई दर्शकले रुचाएका छन् । यमनले नेवारी भर्सनमा गाउँदा निकै खुसी लागेको बताए ।

बाबुल गिरीको शब्द संगीत रहेको यो गीतलाई नेवारी भाषामा कलाकार मदनकृष्ण श्रेष्ठले अनुवाद गरेका हुन् । निर्देशक चन्द्र पन्तले नेवारी भाषामा रेकर्ड गरिएको गीतलाई दर्शकले रुचाउनेमा आफू आशावादी सुनिएको बताए ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विपना थापा, पल शाहसहित प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?