+
+
Shares

बल्छी धुर्बे निर्देशित ‘गोबर गणेश’ को कमाइ करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बल्छी धुर्बे निर्देशित फिल्म ‘गोबर गणेश’ ले प्रदर्शनको १० दिनसम्म घरेलु बक्सअफिसमा १ करोड १४ लाख ३५ हजार नेरु कमाएको छ।
  • फिल्मको औपचारिक कमाइ घोषणा सिनेपाः बक्सअफिसले सोमबार गर्नेछ।
  • बल्छी धुर्बेले सबै उमेरका दर्शकले कथावस्तु रुचाएको र टिभीपछि दर्शकको मायाप्रति आभार व्यक्त गर्नुभएको छ।

काठमाडौं । बल्छी धुर्बे निर्देशित फिल्म ‘गोबर गणेश’ ले प्रदर्शनको १० दिनसम्म घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ । पछिल्लो शनिबारसम्म फिल्मको देशब्यापी कलेक्सन करोड नाघेको छ ।

दोस्रो शनिबारसम्म फिल्मको कुल कमाइ १ करोड १४ लाख ३५ हजार नेरु ग्रस छ । यसको औपचारिक घोषणा भने सिनेपाः बक्सअफिसले सोमबार गर्नेछ ।

‘दर्शकीय प्रतिक्रिया उत्साहजनक छ’ बल्छी धुर्बेले अनलाइनखबरसँग भने, ‘सबै उमेरका दर्शकले कथावस्तु रुचाउनुभएको छ । टिभीपछि फिल्मको स्क्रिनमा दर्शकले गर्नुभएको मायाप्रति आभारी छौं ।’

खास नाम मरिचमान श्रेष्ठ भएका अभिनेता बल्छी धुर्बेसहित फिल्ममा वर्षा सिवाकोटी, पूजन घिमिरे ‘पुकु’, पदम तामाङ, सीतादेवी तिमल्सिना लगायतको अभिनय छ । आमाको सपना पूरा गर्न गाउँदेखि सहरमा आएको पात्रले गर्ने संघर्ष र उतारचढावको कथावस्तु यसमा समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?