+
+
Shares

‘गोबर गणेश’ चलेपछि हौसिएका बल्छी धुर्बे फिल्म लिएर विदेश टूरमा जाने

उनी स्वयम उपस्थित भएर अमेरिका, अस्ट्रेलिया, बेलायत र मध्यपूर्वमा यो फिल्मलाई प्रदर्शन गर्ने तयारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १३:५३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार मरिचमान श्रेष्ठ 'बल्छी धुर्बे' को डेब्यू फिल्मले दोस्रो सप्ताहन्तसम्म १ करोड १५ लाखभन्दा बढी कमाइ गरेको छ।
  • बल्छी धुर्बेले आफ्नो फिल्मलाई अमेरिका, अस्ट्रेलिया, बेलायत र मध्यपूर्वमा आफैं उपस्थित भएर प्रदर्शन गर्ने तयारी गरिरहेका छन्।
  • बल्छी धुर्बेले आफ्ना चर्चित टिभी श्रृंखला 'हल्का रमाइलो' र 'जुठे' लाई आउँदो सातादेखि निरन्तरता दिने तयारी गरिरहेका छन्।

काठमाडौं । कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ लाई डेब्यू फिल्मबाटै व्यवसायिक राहत मिलेको छ । फिल्मले दोस्रो सप्ताहन्तसम्म १ करोड १५ लाखभन्दा धेरै कमाइ गरेको छ ।

बलियो ‘वर्ड अफ माउथ’ को मद्दतमा फिल्मले आउने सप्ताहन्तमा पनि राम्रै कमाइ गर्ने देखिन्छ । आफू निर्देशित र अभिनित पहिलो फिल्मले नै राम्रो कमाइ गरेपछि बल्छी धुर्बे यतिबेला खुसी छन् ।

ठूला स्टार र ब्यानरका भनिएका फिल्मले १ करोड पनि कमाउन नसकिरहेको बेला टिभी श्रृंखलामा रुचाइएका कलाकारको डेब्यू फिल्मले नै करोडभन्दा धेरै कमाइ गरेपछि उनी खुसी भएका हुन् ।

स्वदेशमा राम्रो कमाइ गरेपछि अब बल्छी धुर्बेको ध्यान विदेशतिर सोझिएको छ । उनी यो फिल्मलाई लिएर विदेश प्रदर्शनको दौडाहामा निस्किने भएका छन् । उनी स्वयम उपस्थित भएर अमेरिका, अस्ट्रेलिया, बेलायत र मध्यपूर्वमा यो फिल्मलाई प्रदर्शन गर्ने तयारी छ ।

‘अहिलेसम्म यी मुलुकमा म जाने निश्चित भएको छ । म आफै उपस्थित भएर डायस्पोराका दर्शकसँग फिल्म देखाउँछु’ बल्छी धुर्बेले भने । उनका अनुसार, अहिलेसम्म ती मुलुकमा कुनै व्यक्ति र कम्पनीलाई फिल्मको वितरण अधिकार बेचिएको छैन । यद्यपि, आफ्नो सम्पर्कको आधारमा फिल्म देखाउन लागिएको उनले बताए ।

यसबाहेक बल्छी धुर्बे आफ्ना दुई चर्चित टिभी श्रृंखला ‘हल्का रमाइलो’ र ‘जुठे’ लाई समेत छायांकनमा लैजाँदैछन् । आउँदो सातादेखि यी दुई श्रृंखलालाई निरन्तरता दिने उनको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?