+
+
Shares

अर्बिट ग्रुपलाई ब्रिटिश काउन्सिलको ‘सर्वोत्कृष्ट व्यवसायिक साझेदार’ पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते २२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्रिटिश काउन्सिलले दक्षिण एसियामा उत्कृष्ट व्यवसायिक साझेदारको पुरस्कार अर्बिट ग्रुपलाई दिएको छ।
  • अर्बिट ग्रुपका निर्देशक सुनिल रेग्मीले लन्डनस्थित समारोहमा उक्त पुरस्कार ग्रहण गरे।
  • अर्बिट ग्रुपले सन् २०१७ देखि ब्रिटिश काउन्सिलसँग सहकार्य गर्दै आइएलटिएस परीक्षा दर्ता गर्दै आएको छ।

लन्डन । ब्रिटिश काउन्सिलले दक्षिण एसियामा प्रदान गर्ने प्रतिष्ठित ‘सर्वोत्कृष्ट व्यवसायिक साझेदार’ पुरस्कार अर्बिट ग्रुपले प्राप्त गरेको छ । लन्डनस्थित मिलेनियम होटल एण्ड रिसोर्टमा शुक्रबार साँझ आयोजित समारोहमा अर्बिट ग्रुपका निर्देशक सुनिल रेग्मीले उक्त पुरस्कार ग्रहण गरे ।

ब्रिटिश काउन्सिलका हेड अफ ग्लोवल आइएलटिएस एन्ड्रयू म्याकेन्जी र ग्लोवल पार्टनरसीप म्यानेजर बेन वेकफोर्डले उक्त पुरस्कार प्रदान गरेका हुन् । यो पुरस्कार अर्बिट ग्रुपले शिक्षा, व्यवसायिक सहकार्य तथा अन्तर्राष्ट्रिय अवसरहरू विस्तार गर्न खेलेको उल्लेखनीय भूमिकाको कदरस्वरूप दिइएको हो ।

दक्षिण एसियाका विभिन्न साझेदारमध्ये अर्बिट ग्रुपले देखाएको उत्कृष्ट प्रदर्शन, सेवाको गुणस्तर र विद्यार्थी तथा संस्थाहरू जोड्ने प्रयासलाई विशेष रूपमा प्रशंसा गरिएको निर्देशक रेग्मीले बताए ।

‘यस उपलब्धिले अर्बिट ग्रुपको विश्वसनीयता र प्रभावलाई अझ सुदृढ बनाएको छ, साथै अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा यसको नेतृत्वदायी भूमिकालाई पनि उजागर गरेको छ’, उनले भने ।

ब्रिटिश काउन्सिल नेपालको व्यवसायिक साझेदार अर्बिट ग्रुपले सन् २०१७ देखि ब्रिटिश काउन्सिलसंग सहकार्य गर्दै आएको छ । यसले नेपालमा आइएलटिएस परीक्षा दर्ताको काम गर्छ ।

ब्रिटिश काउन्सिलले विश्वका एकसय ४० बढी देशमा आइएलटिएस परीक्षा सञ्चालन गर्दै आएको छ । बेलायत, अमेरिका, अष्ट्रेलिया लगायत देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई आइएलटिएस अनिवार्य छ ।

ब्रिटिश काउन्सिलका साउथ एसिया निर्देशक तलाल मिरले अर्बिटसँग काउन्सिलको रणनीतिक र व्यवसायिक साझेदारी भविष्यमा अझ दरिलो बन्दै जाने विश्वास व्यक्त गरे । उनले नेपालबाट पढ्न विदेश जाने विद्यार्थीहरु ’जेन्यूइन’ पाएको पनि बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?