+
+
Shares

गोर्खा ट्रेल ब्लेजर : ३० किलोमिटर दौडमा पुरुषतर्फ युक्रेनका अलेक्सी र महिलातर्फ चीनकी ली प्रथम

१२ किलोमिटर तर्फ नेपालका सरोज र पुष्पा प्रथम

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १३:०१

हङकङमा सम्पन्न गोर्खा ट्रेल ब्लेजर अन्तर्गत पुरुष तर्फ युक्रेनका अलेक्सी मेलनिक प्रथम भएका छन् । ३० किलोमिटरको उक्त ट्रेल रेसलाई ओलेक्सीले ३ घण्टा २२ मिनेट १ सेकेन्डमा पार गरेका थिए । यसै गरी हङकङ (चीन) का चे किङ यिनले ४ घण्टा १८ सेकेन्डमा उक्त दुरी पार गरेर दोस्रो भएका थिए । फ्रान्सका स्रिल गोमेजले पनि ४ घण्टा १८ सेकेन्डमा ३० किलोमिटर दुरी पार गर्दै तेस्रो भए ।

यस्तै महिला तर्फको ३० किलोमिटर रेसमा चिनकी चे क्वान ली प्रथाम भइन् । उनले ४ घण्टा ३० मिनेट ४७ सेकेन्डमा पार गर्दै प्रथम स्थान हासिल गर्न सफल भएकी थिइन् । उक्त रेसमा नेपालकी दिलु लिम्बूले ४ घण्टा ३४ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भइन् ।  हङकङ (चीन) की हङ किउ किम्मी लेउङले ५ घण्टा १२ मिनेट १७ सेकेन्डमा दुरी पार गरेर तेस्रो भइन् ।

१२ किलोमिटर दुरीको रेसको पुरुष तर्फ नेपालका सरोज लिम्बू प्रथम भए । सरोजले ५० मिनेट २ सेकेन्डमा उक्त दुरी पार गरेका थिए । बेलायतका रेयान ह्वेलेमले ५८ मिनेट २९ सेकेन्डमा दुरी पार गरेका थिए भने नेपालका यामनाथ लिम्बूले ५८ मिनेट २७ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए ।

महिला तर्फ नेपालकी पुष्पा शेर्मा लिम्बूले १ घण्टा २ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पार गर्दै प्रथम भइन् भने नेपालकै पदमकुमारी सुनुवारले १ घण्टा ९ मिनेट २ सेकन्डमा दुरी पार गरेर दोस्रो भइन् । बेलायतकी एलिना विल्सनले १ घण्टा १७ मिनेट १० सेकेन्डमा दुरी पार गर्दै तेस्रो भइन् ।

आयोजक समितिका संयोजक आमोद राईकाअनुसार शनिबार हङकङको ताई पो नजिकैको पात सिन लेङ कन्ट्री पार्कको ऐतिहासिक स्थल लाउसि हङ रिजर्भवायरबाट सुरु भएको थियो ।

गोर्खा ट्रेल ब्लेजर च्यारिटी दौडमा सहभागिताका लागि फ्रान्स, अमेरिका, सिंगापुर, बेलायत, जर्मनी, चीन, युक्रेन, इटाली, क्यानडालगायतका मुलुकका सेलिब्रेटी रनरहरूले भाग लिएका थिए ।

आयोजक समितिका प्रचार विभाग प्रमुख देवराज राईका अनुसार प्रतियोगितामा विश्वका धावकहरूमध्ये २ सय ६० जनाको सहभागिता रहेको थियो ।

गोर्खा ट्रेल ब्लेजर रेसबाट संकलित रकमलाई बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग गर्न अन्तर्राष्ट्रिय संस्था चाइल्ड वेल्फेयर स्किम (सीडव्लूएस) र गोर्खा सिमेट्रीज ट्रस्ट (जीसीटी) लाई प्रदान गर्दै आएको छ ।

गोर्खा सिमेट्री ट्रस्ट हङकङमा दर्ता भएको संस्था हो । यो संस्थाले गोर्खालीले प्रथम, द्धितिय र त्यसपछिका युद्धमा वीरगती पाएका नेपाली (गोर्खाली) को पहिचान र खोज अनुसन्धान गर्दै आएको राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?