+
+
Shares

सेब्रु नृत्यसहित कोलोराडोमा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस  

नातिबाबु भट्ट नातिबाबु भट्ट
२०८३ जेठ १७ गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको कोलोराडोमा शेर्पा समुदायको मौलिक सेब्रु नृत्य प्रदर्शनसहित अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ ।
  • कोलोराडोका गभर्नरले मे २९ तारिखलाई आधिकारिक रूपमा शेर्पा सम्मान दिवस घोषणा गरेका छन् ।
  • समारोहमा १६ पटक सगरमाथा आरोहण गरेका ल्हाक्पा रिता शेर्पासहितका आरोहीहरूले आफ्ना सङ्घर्षपूर्ण हिमाल आरोहणका अनुभवहरू साटेका थिए ।

१७ जेठकोलोराडो  शेर्पा समुदायको मौलिक सेब्रु नृत्य‘ सहित अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस रूपमा मनाइएको छ।

शेर्पा सङ्घ कोलोराडो र डलासस्थित नेपालको महावाणिज्य दूतावासको संयुक्त आयोजनामा वेस्टमिन्स्टरस्थित नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) को एभरेस्ट हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट सुरु भएको समारोहमा शेर्पा समुदायको परम्परागत सेब्रु नृत्य विशेष आकर्षणको केन्द्र बनेको थियो।

साथैकार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन कलाकार पेम्बा शेर्पाले नेपाली गीत ‘के भन्ने हाम्रो समय’ मा आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिएजसले उपस्थित दर्शकको मन जितेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा डलासका लागि नेपालका महावाणिज्यदूत सुरेश अधिकारीले कोलोराडोका गभर्नरद्वारा मे २९ लाई शेर्पा सम्मान दिवसका रूपमा आधिकारिक घोषणा गरिएको ऐतिहासिक अवसरमा सहभागी हुन पाउँदा खुसी व्यक्त गरे।

उनले यस उपलब्धिले सम्पूर्ण नेपाली समुदायको शीर उच्च बनाएको बताउँदै आगामी वर्षहरूमा कोलोराडोमा राहदानी शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।

कार्यक्रमका सञ्चालक पासाङ शेर्पाले सगरमाथा नेपालको राष्ट्रिय गौरवसाहस र नेपाली पहिचानको प्रतीक भएको बताउँदै अतिथिहरूलाई स्वागत गरेका थिए। समारोहमा नेपालका परराष्ट्रमन्त्री डा. शिशिर खनालले पठाएको विशेष भिडियो सन्देशसमेत प्रस्तुत गरिएको थियो 

सम्बोधनमा खनालले विदेशमा रहेका नेपालीहरूलाई सगरमाथा र नेपालको गौरवसँग जोड्ने बताए ।

शेर्पा सङ्घ कोलोराडोका महासचिव नीमा शेर्पाले स्वागत मन्तव्य राखेको कार्यक्रममा बोल्डरका मेयर आरोन ब्रोकेटएनआरएनए अमेरिकाका युवा उपाध्यक्ष प्रकाश पौडेलनेपाली घरका उपाध्यक्ष गङ्गा चौलागाईंएनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष चन्द्र गुरुङ र हेल्पिङ ह्यान्ड्सका संस्थापक नारायण श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

समारोहमा सगरमाथा आरोहीहरूले आफ्ना सङ्घर्षपूर्ण अनुभव साटेका थिए। १६ पटक सगरमाथा आरोहण गरिसकेका ल्हाक्पा रिता शेर्पाले हिमपहिरोमा आफ्ना सहकर्मी गुमाउनुपरेको पीडा सुनाउँदै भविष्यमा सगरमाथा आरोहण नगर्ने निर्णयबारे जानकारी गराए।

त्यस्तै८ हजार मिटरभन्दा माथिका आठवटा हिमाल आरोहण गरेकी पासाङ ल्हामु शेर्पा र अर्का आरोही रोहित श्रेष्ठले सगरमाथा आरोहणमा शेर्पा समुदायको अपरिहार्य भूमिकाबारे चर्चा गर्दै शेर्पाबिना हिमाल आरोहणको सफलता कल्पना गर्न नसकिने बताए।

कार्यक्रममा सगरमाथा आरोहणका चुनौतीतयारी र शेर्पा गाइडहरूको योगदानलाई उजागर गर्ने वृत्तचित्र प्रदर्शन गरिएको थियो। सो अवसरमा उपस्थित हिमाल आरोहीहरू तथा समाजमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई प्रशंसापत्रसहित सम्मानसमेत गरिएको थियो।

सहभागीहरूले यस कार्यक्रमलाई शेर्पा सम्पदानेपाली संस्कृति तथा सामुदायिक एकताको ऐतिहासिक उत्सवका रूपमा लिएको प्रतिक्रिया दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?