+
+
Shares

भोटेकोशी बाढीपीडितलाई पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते ११:३७

लस एन्जलस । नेपालको भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सक्रिय श्री पशुपतिनाथ फाउन्डेसनले डेढ करोड रुपैयाँ सहयोग गरेको छ ।

फाउन्डेसनका अध्यक्ष बिमल श्रेष्ठका अनुसार बाढी प्रभावितका लागि संकलन गरिएको उक्त रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको छ ।

श्रेष्ठका अनुसार फाउन्डेसन मार्फत अमेरिकामा रहेका नेपाली समुदाय बाट संकलित ९९ हजार ६४ अमेरिकी डलर (एक करोड ५१ लाख नेपाली रुपैयाँ) बाढी पिडितका लागि संकलन गरिएको थियो।

उक्त रकमबाट बैंक शुल्क कटाएर ९७ हजार ८ सय ७५ रुपैयाँ अमेरिकी डलर (१ करोड ४८ लाख रुपैयाँ )फाउन्डेसनले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो ।

फाउन्डेसनले नेपाली राजदूतावास वासिङ्टन डीसीसँग जुममार्फत आयोजित कार्यक्रममा फाउन्डेसनका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा फाउन्डेसनका अध्यक्ष श्रेष्ठले उक्त रकम नेपालका प्रधानमन्त्री राहत कोषमा पठाइएको घोषणा गरेका छन्।

यो मानवीय अभियानमा दक्षिणी क्यालिफोर्नियामा क्रियाशील विभिन्न संघसंस्था, नेपाली समुदाय तथा अन्य समुदायका उदारमनाहरूको उल्लेखनीय योगदान रहेको फाउन्डेसनले जनाएको छ ।

प्रवासमा रहेर पनि मातृभूमिमा परेको विपद्लाई आफ्नै पीडा सम्झँदै सहयोग गर्नु नेपालीहरूको देशप्रेम, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण भएको फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनले यसअघि पनि नेपालमा गएको भूकम्पका बेला राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गरेको थियो। भोटेकोसी बाढी पिडितका लागि सहयोग संकलन अभियानमा सहयोग पुर्याउने संघसंस्था, नेपाली तथा अन्य समुदायका प्रतिनिधि र सहयोगी मनहरूप्रति फाउन्डेसनले आभार व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?