+
+
Shares

विप्लव निकट शिक्षक संगठनका नेता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १५ गते १०:५६

१५ चैत, बुटवल । प्रहरीले विप्लव समूह निकट शिक्षक संगठनका केन्द्रीय सदस्य रामनिवास चौहानलाई पक्राउ गरेको छ ।

चौहान मायादेवी गाउंपालिकास्थित जनता मावि बलुहवामा प्रधानाध्यापक हुन् । उनलाई शुक्रबार बिहान ६ बजे घरबाटै पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख अच्युतमप्रसाद पुडासैनीले बताए ।

उनलाई जिल्ला प्रहरी कार्यालय तौलिहवा राखेर अनुसन्धान शुरु गरिएको एसपी पुडासैनीले बताए ।

अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले भने चौहानलाई एसईई परीक्षाको अनुगमनका क्रममा पक्राउ गरिएको दावी गर्दै विना शर्त रिहा गर्न माग गरेका छन् । विप्लवको पार्टीमाथि प्रतिवन्ध लगाएयता कपिलवस्ुतबाट ६ जना पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?