Comments Add Comment

पुष्पले गरे ३० लाख पारिश्रमिकको डिमाण्ड

नेपाली चलचित्र पछिल्लो समयमा कमजोर हुँदै जानुमा कलाकारको अनावश्यक पारिश्रमिक डिमाण्ड र कलाकार सस्तो हुनुलाई मुख्य रुपमा हेरिएको छ । एउटै कलाकारले अनावश्यक रुपमा चलचित्रमा पारिश्रमिक मागिदिदा निर्माताहरु विरक्तिन थालेका छन् ।

पछिल्लो समयमा उदाउँदै गरेका तर हिट चलचित्रको प्रतिक्षामा रहेका नायक पुष्प खड्काले एक चलचित्रका लागि ३० लाख पारिश्रमिक डिमाण्ड गरेको वुझिएको छ । दार्जिलिङका निर्देशक निमेशले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा उनलाई अफर आएको थियो । तर, पुष्पले ३० लाख पारिश्रमिक मागिदिएका छन् । यो कुरा स्वयंम नायक पुष्प खड्का पनि स्विकार गर्छन् । उनले अनलाइनखबरसँग भने–‘मैले कथा पढिसकेको छु । कथा राम्रो पनि छ । तर, गरिहाल्ने मनस्थितीमा म छैन् । उनले अगाडि भने–‘मैले ३० लाख भनेको हुँ । तर, उहाँहरुले त्यसमा केही हेरिदिनुपर्छ भन्नुभएको थियो ।’

चलचित्रका लागि नायिका आँचल शर्मा र कलाकार विल्सन विक्रम राइलाई पनि अफर गरिएको छ । पुष्प नेपाली चलचित्रमा बल्ल उदाउँन लागेका कलाकार हुन् । उनले अभिनय गरेको चलचित्र ‘दर्पण छाया २’ले बक्स अफिसमा पानी पनि भन्न पाएन । उनी चलचित्र ‘दाल भात तरकारी र मारुनी’बाट आशावादी छन् ।

कलाकारले चलचित्र क्षेत्रको अवस्था हेरेर पारिश्रमिकको डिमाण्ड गर्न आवश्यक छ । नयाँ निर्मातालाई यसरी सुरुमै तर्साउने हो भने भोली निर्माताले लगानी नै गर्न छाडे भने के होला ? कलाकारले पनि ‘घाटी हेरेर हाड निल्न’ आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment