Comments Add Comment

गौरवको पीडा ‘खाडी देशमा’, रोकिएन शिल्पाको आँसु

काठमाडौं । गायक प्रदीप भट्टराईको ‘खाडी देशमा’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । नारायणप्रसाद निरौला र प्रदीप भट्टराईले लेखेको गीतको अरेन्ज गणेश चौधरीले गरेका छन् भने संगीत पनि प्रदीपकै रहेको छ ।

दुई दशकको साङ्गिितक अनुभव सँगालेका भट्टराईले यसअघि दुईवटा एल्बम बजारमा ल्याइसकेका छन् ।

नायक गौरव पहारी तथा शिल्पा पोखरेलको मुख्य भूमिका रहेको उक्त गीतको म्युजिक भिडियोमा सुरबीर पण्डित, रमा थपलिया, साजन माझी तथा पूणिर्मा मगरको पनि अभिनय रहेको छ ।

क्रान्ति केसीको निर्देशनमा बनेको म्युजिक भिडियोमा आर्थिक अवस्थाले पिरोलिएर विदेशिनु पर्ने नेपालीहरुको कथालाई प्रस्तुत गरिएको छ ।

मुख्य पात्रका रुपमा रहेका गौरव र शिल्पा पोखरेलले उत्कृष्ट अभिनयको माध्यमले वैदेशिक रोजगारका लागि बाहिरिनु परेपछिको वेदना र परिवारसँगको बिछोडको मर्मस्पर्शी प्रसङ्गलाई भावनात्मक ढङ्गले भिडियोमा अभिव्यक्त गरेका छन् ।

नेपालको समसामयिक प्रसङ्गलाई सुन्दर ढंगले आˆना गीतहरुमा समेट्न सफल गायक प्रदीप भट्टराईले प्रत्येक नेपालीको पीडालाई आत्मसाथ गर्दै त्यसलाई आˆनो कलामार्फत प्रस्तुत गरेको देख्न पाइन्छ ।

ओएसआर डिजिटलले वितरण गरेको ‘खाडी देशमा’ को म्युजिक भिडियो हाल युट्युबमा करिब ३ लाख पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment