Comments Add Comment

लोकप्रिय ‘वनप्लस’ स्मार्टफोन नेपाली बजारमा

oneplus2

एशियाली बजारमा छोटो अवधिमै लोकप्रिय बनेको वनप्लस स्मार्टफोन नेपाली बजारमा बिक्रि सुरु भएको छ ।

एन्ड्रोइडमा आधारित अक्सिजन अपरेटिङ सिस्टममा चल्ने वनप्लस चिनियाँ स्टार्टअप कम्पनी हो जसले दुई बर्षको अबधिमा परम्परागत स्मार्टफोन कम्पनीहरुलाई चुनौती दिएको छ ।

आइहव नेपाल प्रा.लि वनप्लसको नेपालका लागि आधिकारिक विक्रेता हो । आइहवले पहिलो चरणमा यसै सातादेखि ‘वानप्लस एक्स’ मोडल नेपाली बजारमा बिक्रि सुरु गरेको छ ।

‘प्रिमियम स्मार्टफोनका लागि नेपाली बजार धेरै नै परिस्कृत भइसकेको छ’ आइहवका निर्देशक लोकेश ओलीले भने- यो सेगमेन्टका लागि वानप्लस सवैभन्दा उपयुक्त फोन हो ।’ यसै हप्ता सार्वजनिक गरिएको वानप्लस एक्स डिजाइन र गुणस्तरका हिसावले उन्नत उत्पादन रहेको ओलीले बताए ।

यो हप्ता अनलाइन सपिङ साइट केमुडटकमडटएनपीमा छुट सहित बुक गर्न सकिने छ । अर्को हप्तादेखि नेपालभरका मुख्य मोबाइल स्टोरमा वनप्लस उपलब्ध हुने बताइएको छ ।

वनप्लस एक्सको मूल्य २८ हजार ९ सय रहेको छ । केमुमार्फत् अनलाइन वुकिङ गर्दा जम्मा २६ हजार ९ सय ९९ रुपैयाँ पर्ने छ ।

oneplus

यस्ता छन् बिशेषता

एन्ड्रोइड ५.१ ललिपप अपरेटिङ सिस्टमयुक्त वनप्लस एक्स स्मार्टफोनलाई मार्समेलो अपरेटिङ सिस्टममा अपग्रेड गर्न सकिन्छ । पाँच इन्चको एचडी एमोलेड स्त्रिmन रहेको वनप्लस एक्समा २.३ गिगाहर्जको क्वाडकोर प्रोसेर र  ३ जीवी र्‍याम रहेको छ ।

१६ जीवी आन्तरिक स्टोरेज क्षमता रहेको फोनमा १२८ जीवीसम्म एक्सपाण्ड गर्न सकिन्छ । फोटो र भिडियो खिच्नका लागि उपयुक्त १३ मेगापिक्सेल क्यामेरा र सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । २५२५ एमएएच क्षमताको ब्याट्री रहेको फोनमा एकपटक चार्ज गरेपछि लगातार ८ घण्टासम्म कुरा गर्न सकिन्छ ।

ONEPLUS X - Copy

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment