Comments Add Comment

सिर्जनशील पत्रकारिता पुरस्कार बास्तोला र परियारलाई

Sammanit-Pariyar-ra-Bastola

२ जेठ, पोखरा । पोखराका दुई कृयाशील पत्रकार हरि बास्तोला र दीपक परियार आइतबार सिर्जनशील पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

स्व.गजेन्द्र भण्डारीको परिवारद्वारा स्थापित गजेन्द्र भण्डारी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कारबाट पत्रकार बास्तोला र मीना गुरुङद्वारा स्थापित सिर्जनशील पत्रकारिता पुरस्कारबाट परियार सम्मानित भएका हुन् । दुबै पुरस्कार पत्रकार महासंघ कास्कीले वितरण गर्दै आएको छ ।

दुबै जनालाई सिचाई मन्त्री उमेश यादव र पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले संयुक्त रुपमा सम्मान गरेका हुन् । गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कारको राशी  नगद २५ हजार रुपैयाँ र मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ छ ।

पोखरा-१७ घारीपाटनका बास्तोला राष्ट्रिय समाचार समिति पोखरामा विगत २६ वर्षदेखि कार्यरत छन् भने लेखनाथ-१३ कालिकानगरका परियार समाधान राष्ट्रिय दैनिकमा कार्यरत छन् । उनी विगत ८ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् ।

सम्मान कार्यक्रममा बोल्दै मन्त्री यादवले राष्ट्रियता र जनजिविकाको कुरामा विभाजित नहुन पत्रकारलाई आग्रह गरे । ‘क्षणिक स्वार्थको लागि सामान्य गल्ती गर्दा ठूलो क्षति हुन सक्छ,’ यादवले भने, ‘त्यसैले पत्रकारहरुले समाचार लेख्दा ध्यान पुर्‍याएर लेख्नुपर्छ ।’

पत्रकार महासंघ केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल संयोजक हरिनारायण गौतमले पत्रकार राज्यको चौथो अङ्ग भनिएपनि यो समाजको आँखाको रुपमा रहेको उल्लेख गरे ।

सम्मानित भएपछि पत्रकार बास्तेालाले सम्मानले थप जिम्मेवारीको बोध भएको बताए । अर्का सम्मानित व्यक्तित्व परियारले पत्रकारितामा लाग्न पुरस्कारले ऊर्जा थपेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment