Comments Add Comment

न्यूजिल्याण्डमा जन्मिएका जुम्ल्याहा रेड पान्डाको नाम नेपाली राखियो

Redpanda३ जेठ, काठमाडौं । न्यूजिल्याण्डको चिडियाखानामा रहेका नेपाली रेड पाण्डा (हाब्रे)को बच्चाको नामाकरण गरिएको छ ।

अक्ल्याण्ड चिडियाखानामा जन्मिएका जुम्ल्याहा रेड पान्डाको नाम नेपाली नै राखिएको छ ।

चार महिना अघि जन्मिएका उनीहरुको नाम ‘प्रिया’ र ‘मोहिनी’ राखिएको हो । रेड पान्डा नेटवर्कका आङ फुरी शेर्पाले यो नाम जुराइदिएका हुन् ।

जुम्ल्याहा रेड पान्डालाई बो नामको ६ वर्षको रेड पान्डाले जन्म दिएको हो । जसलाई २०१२ मा नेपालबाट न्यूजिल्याण्ड लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment