Comments Add Comment

संघीय गठबन्धनको आन्दोलन आजदेखि बालुवाटारमा

Sinhadurbar-Gherau४ जेठ, काठमाडाैं । संघीय गठवन्धनले अजबाट बालुवाटार घेराउ गर्ने भएको छ । लगातार दुई दिन सिंहदरवार घेराउ गरेको गठवन्धनले बालुवाटार घेराउ गर्ने निर्णय गरेको हो ।

गठवन्धनको सोमबार अपराहृन बसेको बैठकले मंगलबार विहान १० बजे बालुवाटार घेराउ गर्ने निर्णय गरेको हो ।

माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाव दिने भन्दै बालुवाटार घेराउ गर्न लागिएको गठवन्धनले जनाएको छ । गटबन्धनले बुधबार शान्तिबाटिकामा बिरोध सभा गर्ने निर्णय गरेको छ ।

गठबन्धनले सोमबार सिंहदरबार घेराउका क्रमममा माइतीघरमा सामान्य झडप भएको थियो । गठबन्धनले आन्दोलनमा सरकारी दमन भएको भन्दै त्यसको निन्दा र भत्र्सना गरेको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी प्रधानमन्त्रीनिवास बालुवाटबरआसपासका महत्वपूर्ण स्थानमा निषेधित क्षेत्र तोकेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले सोमबार रातिदेखि लागूहुने गरी थप संवेदनशील क्षेत्रमा अर्को आदेश नभएसम्मका लािग निषेधित क्षेत्र तोकेको हो ।

संघीय गणबन्धनले मंगलबारदेखि बालुबाटार क्षेत्रमा धर्ना दिने निर्णय गरेलगत्तै स्थानीय प्रशासनले सोमबार रातिदेखि नै लागू हुने गरी निषेधित क्षेत्र तोकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment