४ जेठ, काठमाडौं । गत शनिबारदेखि ललितपुरबाट सम्पर्कबिहीन भएका इन्जिनियर नवराज श्रेष्ठ चितवनको मुग्लिन नजिकै त्रिशुली नदीमा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ । उनको हत्या वा आत्महत्याबारे अनुसन्धान भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।
ललितपुरको कुसुन्तीका बासिन्दा अन्दाजी ५० बर्षीय श्रेष्ठ गत शनिबारदेखि परिवारसँग सम्पर्कबिहीन भएका थिए । उनी सम्पर्कमा नरहेको सूचना पाएपछि ललितपुर प्रहरीले उनको खोजी तीव्र पारेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4