Comments Add Comment

पूर्वपतिसँगको तस्वीर भाइरल भएपछि सलमानकी प्रेमीकालाई तनाब

iulia-vantur (2)

मुम्बई । सलमान खानकी प्रेमिका लुलिया वन्तुरको केही तस्वीर अहिले सामाजिक सञ्लाजमा भाइरल बनेका छ । जुन तस्वीरमा लुलिया आफ्नो श्रीमान मारियस मोगाको साथमा देखिएकी छिन् । यो तस्वीर त्यतिवेलादेखि भाइरल भयो ‘जतिवेला लुलिया र सलमानको विवाहको कुरा चल्यो ।’

लुलिया र मारियसको विवाह ७ अगस्त २०१२ मा भएको थियो । विवाह गर्नु भन्दा केही वर्षदेखि उनीहरु रोमान्समा थिए । केही मिडियाले उल्लेख गरे अनुसार उनीहरुको रोमान्सको चर्चा यस्तो थियो, प्राय उनीहरुको रोमान्सको खबर हेडलाइन बन्थ्यो । मारियस गायक, संगीतकार एवं निर्माता हुन् भने प्राय युरोपमा बस्ने गर्छन् ।

तर, लुलिया रोमानियामा बस्दै आएकी छिन् उनी मोडल हुन्, टिभी कार्यक्रम होस्ट पनि गर्छिन । सन २००६ देखि उनले टेलिभिजनमा काम सुरु गरेकी थिइन् । उनले सन २०१४ मा हिन्दी फिल्म ‘ओ तेरी’ मा आईटम डान्स समेत गरेकी छिन् ।

iulia-vantur (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment