Comments Add Comment

तीजको गीतले टाउको खायो पशुपति शर्माको

pashupati-sharma_1
काठमाडौं । तीजको गीत घटाउने योजनामा रहेका पशुपति शर्मा धेरै गीत गाउनुपर्ने भएपछि तनाबमा छन् । सिनियरदेखि जुनीयर बहिनीहरुले समेत गाइदिन पर्छ भनेपछि कस्तो गीत बनाउने भन्ने तनाबमा छन् ।

‘यसपाली तीजको गीत घटाउने योजनामा थिँए, झन धेरै गाउनुपर्ने भयो ।’ अनलाइनखबरसँग कुरा गर्दै पशुपतिले भने ‘यसपाली त १० वटा गीत गाउनुपर्ने भएका छ ।’

अरुको गीत नगाउने शर्माले अहिलेसम्म एउटा पनि गीत बनाएका छैनन् । विभिन्न कार्यक्रममा ब्यस्त भएकाले गीत बनाउन नभ्याएको बताए । ‘१५ गतेपछि मज्जाले लाग्छु । असारभरिमा सबै काम सक्नुपर्छ ।’ शर्माको भनाई थियो । साउन लागेपछि त विदेश जानु पर्ने भएकाले पनि डेढ महिनामा १० वटा गीत लेख्ने, रेकडिङ र भिडियो सुटिङ गर्ने योजना छ उनको ।

उनले तीजको गीत गाउन थालेको १० वर्ष भयो । उनी भन्छन् ‘अर्को वर्ष त दुईटा गीत भन्दा धेरै गीत गाउदै गाउदिन ।’ आफुलाई गीत गाईदिन आग्रह गर्नेहरुलाई भन्ने गरेका रहेछन् ‘यसपाली गाईदिन्छु । अर्को वर्ष कर नगर है ।’

pashupati-sharmaप्राय आफ्नो गीतको भिडियोमा आफैं मोडलिङ गर्दै आएका पशुपति यसपाली पनि केहि गीतमा मोडलिङ गर्ने योजनामा छन् । ‘सबै गीतमा त अभिनय गर्दिन । कमेडी गीतमा म आफैं गर्छु ।’ उनले भने ।

तीज कार्यक्रमका लागि अमेरिका, मलेशिया, अष्टे्रलिया र इजरायल जाने पक्का भैसकेको छ । अरु पनि केहि मुलुक थपिने सम्भावना रहेको बताए ।

नेपालीमा स्नातकोत्तर गर्ने योजना

समाजशास्त्रमा स्नातकोत्तर गरेका शर्मा अब नेपालीमा स्नातकोत्तर गर्ने योजनामा छन् । ‘आज कलेजमा बुझ्न जान्छु , नेपालीमा पनि डिग्री गर्न मन लाग्यो ।’ उनले भने ।

आफु लोकसंगीतमा लागेकाले नेपाली विषयको अध्ययनले सिर्जनालाई सभ्य बनाउन केही सहयोग पुग्छ कि भन्ने लागेको छ उनलाई । पछिल्लो समय कार्यक्रममा धेरै ब्यस्त भएकाले पढ्ने बानी छुटेको बताए । कलेज ज्वाईन गरेपछि जसरि पनि पढ्न पर्ने भएकाले अलि बढि सिर्जनशिल होईन्छ कि भन्ने लागेको छ उनलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment