Comments Add Comment

शिल्पा र नाजिरको होली

चैत्र ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कागजपत्र’ प्रतिक्षित बनेको छ । यो चलचित्रको ट्रेलरले दर्शकलाई तानेको विश्वास यसको निर्माणपक्षको छ । अपिल बिष्टले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रको टिमले आज नयाँ गीत सार्वजनिक गर्दै पत्रकार र टिमसँग होली खेलेको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा चलचित्रका मुख्य कलाकार नायक नाजिर हुसेन, नायिका शिल्पा मास्के, कलाकार भोला सापकोटा र निर्देशक अपिल बिष्टले होली खेले । उनीहरुले पत्रकारसँग पनि होली खेलेका थिए ।

चलचित्रले अष्ट्रेलिया जानका लागि कसरी कागजपत्र मिलाइन्छ र कसरी सम्बन्ध जोडिने र टुक्रिने हुन्छ भन्ने कथालाई उठान गरेको छ । यसैविच, आज चलचित्रको ‘तिमी जाने बाटो कता’ बोलको गीत पनि सार्वजनिक भएको छ । अनुपम शर्मा र प्रविशा अधिकारीको स्वर रहेको यो गीतमा संगीत सापकोटाको शब्द तथा संगीत छ ।

चलचित्रमा सरिता गिरीको पनि मुख्य भूमिका छ । चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment