
Photo Credit : क्रान्ति शाह/पत्रकार
फाइल फोटो
२८ असार, वीरगञ्ज । पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ सिकारीबास खोलाको कटान रोक्नका लागि तटबन्ध निर्माण अघि बढाइने भएको छ ।
खोलाको बहाव बढेर पुरानो सिकारीबास बस्ती कटान गर्न थालेपछि खोलामा तारजाली र बोरासहित तटबन्ध निर्माण गरेर कटान रोक्न लागिएको हो ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन पर्साका योजना प्रमुख एवं इञ्जिनियर राकेश साहले ठोरीको सिकारीबासमा डुवान र कटानको जोखिम बढेकाले कटान क्षेत्रमा रु १० लाखमा तटबन्धसहित जालीको व्यवस्था गर्न लागिएको जानकारी दिए ।
‘सिकारी खोलाको कटानले बस्तीमा असर पार्न थालेकाले तटबन्ध गर्न लागेका हौं’, उनले भने, ‘करिब रु १० लाख खर्र्चेर बस्ती जोगाउन यो पहल थालेका हौं ।’
उनका अनुसार यहाँ ७० परिवार बसोबास गर्दछन् । यो बस्ती ठोरीको हुलाकीसडकबाट करिब छ किलोमिटर भित्री भागमा पर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4