+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

सिकारीबासमा फोन गर्न रुख चढ्नुपर्ने !

ठोरीको हुलाकी सडकबाट करिब ६ किलोमिटर भित्री भागमा पर्ने सिकारीबासका सर्वसाधारण टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित भएको स्थानीय भरत महतो थारुले गुनासो गरे ।

रासस रासस
२०८२ असार २३ गते २०:४३
Photo Credit : क्रान्ति शाह/पत्रकार

२३ असार, वीरगञ्ज । विकट गाउँका रुपमा परिचत यहाँको ठोरी गाउँपालिका–३ सिकारीबासका करिब ७० घरधुरी अझै टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित छन् ।

ठोरीको हुलाकी सडकबाट करिब ६ किलोमिटर भित्री भागमा पर्ने सिकारीबासका सर्वसाधारण टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित भएको स्थानीय भरत महतो थारुले गुनासो गरे ।

टेलिफोनको टावर नटिप्दा फोन सम्पर्क गर्न नसकिने उनले बताए । ‘यहाँ फोन नटिप्ने पुरानै समस्या हो’, उनले भने, ‘टेलिफोनजस्तो अत्यावश्यक सेवाबाट वञ्चित हुनुपरेको छ ।’ मोबाइलमा टावर उपलब्ध गराउन रुख चढ्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शिकारीबासमा टेलिफोन र इन्टरनेट सेवाको आवश्यक प्रबन्ध मिलाउन नेपाल टेलिकम प्रादेशिक कार्यालय वीरगञ्जलाई निर्देशन दिए ।

‘अबको डेढ महिनाभित्र आवश्यक संरचना तयार पारेर टेलिफोनजस्तो अत्यावश्यक सेवा सुचारु गर्नेतर्फ आवश्यक गृहकार्य गर्नुहोस्’, उनले भने, ‘प्रशासनको तर्फबाट गर्नुपर्ने सबै खालको सहयोग गरिनेछ ।’

नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारीले ठोरीको टेलिकम टावरको क्षमता अभिवृद्धिदेखि फाइबरमार्फत शिकारीबासमा नेटवर्कको समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।

‘जङ्गलको मध्यभागको बस्ती भएकाले नेटवर्कको समस्या देखिएको हो”, उनले भने, ‘अत्यावश्यक उपकरण जडान गरेर फोन र इन्टरनेट उपलब्ध गराउने प्रयास गर्नेछौँ ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?