+
+
Shares

मुलुकको शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब बचतमा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष चैतसम्म मुलुकको शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब रुपैयाँ बचतमा देखिएको छ।
  • चैत मसान्तसम्म चालु खातामा ६ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँ बचत भएको छ।
  • चालु आवको ९ महिनामा १४ अर्ब ५५ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ।

२८ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष चैतसम्म मुलुकको शोधनान्तर स्थिति अर्थात् भुक्तानी अवस्था (ब्यालेन्स अफ पेमेन्ट) ७ खर्ब ३१ अर्बले बचतमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय स्थितिअनुसार चैत मसान्तसम्म शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब रुपैयाँ बराबर बचतमा देखिएको हो ।  शोधनातर स्थिति बचतमा रहनु भनेको समग्रमा मुलुकबाट बाहिरिनेभन्दा मुलुकमा भित्रिने रकम बढी हुनु हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको यसै अवधिमा २ अर्ब ५५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ अर्ब १० करोड डलर बचतमा पुगेको हो ।

त्यस्तै समीक्षा अवधिमा चालु खाता ६ खर्ब १८ अर्ब ६८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब २२ अर्ब ६७ करोडले बचतमा रहेको थियो ।

चालु आवको ९ महिनामा १४ अर्ब ५५ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब ९४ करोड भित्रिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?