News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष माघसम्म शोधनान्तर स्थिति पौने ६ खर्बले बचतमा छ।
- माघसम्म ४ खर्ब ९३ अर्ब ७८ करोडले शोधनान्तर स्थिति बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ।
- चालु आव सात महिनासम्म शोधनान्तर स्थिति ५ खर्ब ७२ अर्ब ७३ करोड बचतमा पुगेको छ।
२७ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष माघसम्म शोधनान्तर स्थिति पौने ६ खर्बले बचतमा छ । उक्त अवधिमा चालु खाता बचतमा सुधार आएसँगै शोधनान्तर बचत पनि बढेको हो
माघसम्म ४ खर्ब ९३ अर्ब ७८ करोडले शोधनान्तर स्थिति बचतमा छ । गत आव सोही अवधिमा चालु खाता १ खर्ब ८४ अर्ब १४ करोड बचतमा थियो ।
अमेरिकी डलरमा गत आव सोही अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको चालु खाता चालु आव सात महिनासम्म ३ अर्ब ४७ करोडले बचतमा पुगेको हो ।
चालु आव माघसम्म खुद पूँजीगत ट्रान्स्फर ११ अर्ब ४३ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । गत आव सोही अवधिमा ५ अर्ब ८३ करोड थियो ।
यसैगरी गत माघमा १० अर्ब २२ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आव सोही अवधिमा ७ अर्ब ४३ करोड थियो ।
चालु आव सात महिनासम्म शोधनान्तर स्थिति ५ खर्ब ७२ अर्ब ७३ करोड बचतमा छ । गत आव सोही अवधिमा २ खर्ब ८४ अर्ब ४१ करोड बचतमा थियो ।
अमेरिकी डलरमा गत आव माघसम्म २ अर्ब ११ करोड बचतमा रहेको शोधनान्तर स्थिति चालु आव सोही अवधिमा ४ अर्ब ३ करोड बचतमा छ ।
प्रतिक्रिया 4