News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न बुधबार ५६ दिने अवधिको निक्षेप संकलन उपकरण जारी गरेको छ।
- वित्तीय प्रणालीमा करिब ५७ अर्ब रुपैयाँ तरलता रहेको र बैंक तथा वित्तीय संस्थाले अधिक तरलता खिच्न निक्षेप संकलन उपकरण प्रयोग गर्ने राष्ट्र बैंकले जनाएको छ।
- हाल बैंक दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ र राष्ट्र बैंकले ब्याजदर करिडोर अनुसार तरलता व्यवस्थापन गर्छ।
२५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको तरलता खिच्न बुधबार ५६ दिने अवधिको निक्षेप संकलन उपकरण जारी गरेको हो ।
राष्ट्र बैंकका अनुसार शनिबारसम्म वित्तीय प्रणालीमा करिब ५७ अर्ब तरलता रहेको छ । तर, बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा राखेको पैसा परिपक्व हुने भएपछि त्यसलाई फेरि खिच्नका लागि निक्षेप संकलन उपकरण जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा अल्पकालका लागि राष्ट्र बैंकमा राख्छन् ।
निक्षेप संकलन उपकरणमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर रकम बाँडफाँट गर्छ । वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ । त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा पैसा पठाउँछ ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया 4