+
+
Shares

राष्ट्र बैंकले वित्तीय प्रणालीबाट ४० अर्ब खिच्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि २१ दिन अवधिको उपकरण जारी गरेको छ।
  • वित्तीय प्रणालीमा करिब ६५ अर्ब रुपैयाँ तरलता रहेको बैंकले जनाएको छ।
  • बैंकले स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत र बैंक दर ६ प्रतिशत कायम गरेको छ।

१५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि बोलकबोल माग गरेको छ । बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको तरलता खिच्ने आइतबार २१ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको हो ।

बैंकका अनुसार शनिबारसम्म वित्तीय प्रणालीमा करिब ६५ अर्ब तरलता रहेको छ । तर, बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा राखेको पैसा परिपक्क हुने भएपछि त्यसलाई खिच्नका लागि निक्षेप संकलन उपकरण जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा रकम राख्छन् ।

निक्षेप संकलन उपकरणमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गर्छ । बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ । त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा पैसा पठाउँछ ।

बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?