News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शोधनान्तर स्थिति साढे २ खर्ब रुपैयाँले बचतमा रहेको छ।
- नेपाल राष्ट्र बैंकले चालु आव पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ३५ प्रतिशत र निर्यात ८९.६ प्रतिशतले वृद्धि भएको जनाएको छ।
- चालु आव असोजसम्म शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा छ, जुन गत आवको तुलनामा उल्लेख्य वृद्धि हो।
३० कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शोधनान्तर स्थिति साढे २ खर्ब रुपैयाँले बचतमा रहेको छ ।
रेमिट्यान्स आप्रवाह र निर्यातमा आएको सुधारले शोधनान्तर स्थिति बचत भएको हो ।
चालु आव पहिलो तीन महिनामा रेमट्यिान्स आप्रवाह ३५ प्रतिशत र निर्यात ८९.६ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोही अवधिमा नेपालबाट ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
पछिल्लो समय सिमेन्ट र विद्युत् निर्यात बढेको छ । साथै, भारत सरकारले वनस्पति तेलमा सहजीकरण गरेपछि पछिल्लो समय भटमास तथा सूर्यमुखी तेलको निर्यात पनि उल्लेख्य बढेपछि शोधनान्तर स्थिति सुधार भएको हो ।
चालु आव असोजसम्म शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा छ । गत आव सोही अवधिमा १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा थियो ।
गत आव सोही अवधिमा यस्तो बचत अमेरिकी डलरमा १ अर्ब ३८ करोड रहेकोमा चालु आव असोजसम्म १ अर्ब ८८ करोड छ ।
त्यस्तै चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता १ खर्ब १५ अर्ब ३६ करोडले बचतमा थियो ।
गत आव सोही अवधिमा अमेरिकी डलरमा ८६ करोडले बचतमा रहेको चालु खाता चालु आव पहिलो तीन महिनामा १ अर्ब ६९ करोडले बचतमा छ ।
चालु आव पहिलो त्रैमासमा खुद पूँजीगत ट्रान्स्फर ५ अर्ब ५५ करोड छ । गत आव सोही अवधिमा २ अर्ब थियो ।
यसैगरी चालु आव तीन महिनामा १ अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटीमात्र) भित्रिएको छ । गत आव सोही अवधिमा ४ अर्ब ८१ करोड थियो ।
प्रतिक्रिया 4