+
+
Shares

प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोट, पूँजीकोष बढाउनुपर्ने अवधि एक वर्ष

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोटका लागि फ्रेमवर्क २०२५ लागू गर्दै प्रक्रिया सुरु गरेको छ।
  • फ्रेमवर्कले बैंकको आकार, इन्टरकनेक्टेडनेस, स्थायित्व र कम्प्लेक्सीटीका आधारमा प्रणालीगत महत्त्वपूर्ण बैंकको पहिचान गर्नेछ।
  • प्रणालीगत स्कोर अनुसार ०.२० देखि १ प्रतिशतसम्म 'हाइअर लस एब्जरबेन्सी' पूँजी थप गर्ने व्यवस्था २०८३ पुसदेखि लागू हुनेछ।

९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट सुरु गरेको छ । प्रणालीगत महत्त्पूर्ण बैंकहरूको छनोटका लागि मादण्ड बनाइ छनोट प्रक्रिया सुरु भएको हो ।

केन्द्रीय बैंकले सोमबार फ्रेमवर्क २०२५ लागु गर्दै प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोट र ती बैंकहरूले पालना गर्नुपर्ने मापदण्ड तोकेको छ ।

सन् २००८ को विश्व वित्तीय संकटबाट सिकेका पाठ र बासेल कमिटी अन बैंकिङ सुपरभिजनका असल मापदण्डसँग मेल खाने गरी यो फ्रेमवर्क तयार गरिएको राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले बताए ।  कुनै पनि बैंक ‘टु बिग टु फेल’ नहोस् भन्ने उद्देश्यले प्रणालीगत जोखिम नियन्त्रणमा फ्रेमवर्क केन्द्रित भएको उनले जानकारी दिए ।

फ्रेमवर्कले प्रणालीगत महत्त्वपूर्ण बैंकको पहिचान, प्रणालीगत जोखिम न्यूनीकरण, ठूलो तथा आपसमा अत्यधिक जोडिएका बैंकहरूको स्थायित्व वृद्धि, र अनुपातिक तथा जोखिम–आधारित सुपरीवेक्षण सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

प्रणालीगत महत्वपूर्ण बैंकको पहिचान सूचक–आधारित विधिबाट गरिने फ्रेमवर्कमा उल्लेख छ । फ्रेमवर्क अनुसार प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोट गर्दा ४ संस्थाको आकारको भार ४० प्रतिशत हुनेछ भने इन्टरकनेक्टेडनेसको भार ३० प्रतिशत हुने छ ।

त्यसैगरी स्थायित्वको भार १५ प्रतिशत र कम्प्लेक्सीटीको १५ प्रतिशत भार रहने फ्रेमवर्कमा उल्लेख छ । यी सूचकहरूले बैंकको कुल एक्स्पोजर, वित्तीय क्षेत्रभित्रको सम्पत्ति/दायित्व, भुक्तानी प्रणालीमा भूमिका, ट्रेडिङ गतिविधि तथा सीमा–पार कारोबारलाई स्पष्ट पार्ने पौडेलले बताए ।

प्राप्त प्रणालीगत स्कोरका आधारमा केन्द्रीय बैंकले ०.२० देखि १ प्रतिशतसम्मको ‘हाइअर लस एब्जरबेन्सी’ पूँजी थप गर्न सक्नेछ । यसरी थप गरिएको पूँजी २०८३ पुसदेखि लागु हुनेछ ।

राष्ट्र बैंकले नियामकीय विशेषाधिकार प्रयोग गर्न सकिने व्यवस्था पनि गरेको उनले बताए । फ्रेमवर्कले सङ्क्रमणकालीन जोखिम घटाउन र आन्तरिक नियमन पद्दतिलाई अन्तर्राष्ट्रिय असल अभ्यसासँग सहकार्य गर्न सघाउने पौडेको भनाइछ ।

साथै उनले प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोटको मूख्य उद्देश्य वित्तीय स्थायित्व काम गर्न भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?