+
+
Shares

रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर बचत नाघ्यो ५ खर्ब

समग्र बजारमा माग नबढ्दा नियन्त्रण भएको आयात र रेमिट्यान्स तथा निर्यातमा देखिएको सुधारले शोधनान्तर बचतमा उच्च सुधार आएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष पुससम्म शोधनान्तर स्थिति ५ खर्ब १ अर्ब २४ करोडले बचतमा पुगेको छ।
  • चालु आव पुससम्म रेमिट्यान्स ३९ प्रतिशत र निर्यात ४३.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
  • चालु आव पुससम्म आयात १४.२ प्रतिशतले बढेको र चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोडले बचतमा रहेको छ।

१९ माघ, काठमाडौं । चालु आर्थिक वर्ष पुससम्म शोधनान्तर स्थिति ५ खर्बभन्दा धरै बचतमा पुगेको छ ।

समग्र बजारमा माग नबढ्दा नियन्त्रण भएको आयात र रेमिट्यान्स तथा निर्यातमा देखिएको सुधारले शोधनान्तर बचतमा उच्च सुधार आएको हो ।

चालु आव पुससम्म रेमिट्यान्स आप्रवाह ३९ प्रतिशत र निर्यात ४३.८ प्रतिशतले बढेको छ । त्यसैगरी आयात १४.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आव पुससम्म चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता १ खर्ब ६५ अर्ब ६७ करोडले बचतमा थियो ।

अमेरिकी डलरमा गत वर्ष सोही अवधिमा १ अर्ब २३ करोडले बचतमा रहेको चालु खाता चालु आव पुससम्म ३ अर्ब ३ करोडले बचतमा रहेको हो ।

गत पुससम्म खुद पूँजीगत ट्रान्स्फर १० अर्ब ७६ करोड छ । गत आव सोही अवधिमा ४ अर्ब २९ करोड थियो । यसैगरी समीक्षा अवधिमा ८ अर्ब १७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आव सोही अवधिमा ६ अर्ब ४८ करोड थियो ।

चालु आव पुसम्ममा शोधनान्तर स्थिति ५ खर्ब १ अर्ब २४ करोडले बचतमा छ । गत आव सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोडले मात्र बचतमा थियो ।

अमेरिकी डलरमा गत आव सोही अवधिमा १ अर्ब ८५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव पुससम्म ३ अर्ब ५४ करोडले बचतमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?