+
+
Shares

शोधनान्तर स्थिति ३ खर्बले बचतमा

निर्यात तथा रेमिट्यान्स आप्रवाहमा आएको सुधारले शोधनान्तर स्थितिमा झनै सुधार आएको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष कात्तिकसम्म शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोडले बचतमा छ।
  • चालु आव कात्तिकमा रेमिट्यान्स ३१ प्रतिशत र निर्यात ७७ प्रतिशतले वृद्धि भएको छ।
  • चालु आव कात्तिकसम्म चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा छ र प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ४९ करोड भित्रिएको छ।

२९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष कात्तिकसम्म शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोडले बचतमा छ ।

निर्यात तथा रेमिट्यान्स आप्रवाहमा आएको सुधारले शोधनान्तर स्थितिमा झनै सुधार आएको हो ।

चालु आव कात्तिकमा रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले बढेको छ भने निर्यात ७७ प्रतिशतले बढेको छ । गत आव कात्तिकसम्म शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा थियो ।

अमेरिकी डलरमा गत आव कात्तिकमा १ अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव २ अर्ब २६ करोडले बचतमा छ ।

चालु आव कात्तिकसम्म चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता १ खर्ब ४७ अर्ब ७८ करोडले बचतमा थियो ।

अमेरिकी डलरमा गत आव सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको चालु खाता चालु आव कात्तिकसम्म १ अर्ब ९९ करोडले बचतमा छ ।

गत कात्तिकसम्म खुद पूँजीगत ट्रान्स्फर ६ अर्ब २१ करोड छ । गत आव सोही अवधिमा यस्तो ट्रान्स्फर २ अर्ब ४७ करोड थियो ।

यसैगरी चालु आव चार महिनामा २ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । गत आव सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७६ करोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?