Comments Add Comment

पर्पल लिपिष्टिक मेरो रहर होइनः ऐश्वर्या

मुम्बई । क्यान्स फिल्म फेष्टिवलमा ‘पर्पल लिपिष्टिक लुक’ लाई ऐश्वर्या राय बच्चन उम्दा मान्छिन् । उनको भनाई अनुसार उनले पर्पल लुक्समा काफी इन्ज्वाई गरिन् ।

उनको यो लुकको निकै चर्चा भयो । न्युज पोर्टलदेखि सामाजिक सञ्जालमा समेत उनको पर्पल लुक्सले निकै चर्चा पायो । यहि लुक्सको आधारमा उनलाई बहादुर भन्नेहरुदेखि आलोचना गर्नेहरु समेत भेटिए सामाजिक सञ्जालमा ।

नयाँ फिल्म ‘सरबजीत’ को प्रमोशनमा ब्यस्त ऐश्वर्या भन्छिन् ‘म जुन कम्पनिको ब्राण्ड एम्बेस्डर थिँए सोही कम्पनिले मेरो डे्रसदेखि मेकअपसम्मको निर्णय गरेको थियो । कुन कपडा वा लिपिष्टिक मेरो निर्णय थिएन ।’

पाकिस्तानमा कैद भएका भारतीय नागरिक सरबजीतको जीवनीमाथी आधारित यस फिल्ममा ऐश्वर्याले सरबजीतको बहिनी दलबीर कौरको भुमिका निर्वाह गरेकी छिन् ।

साथै दोस्रो पटक रियल लाईफ क्यारेक्टर निर्वाह गरेको उनको भनाई थियो । यसअघि ऐश्वर्याले जग मुद्राको निर्देशनमा बनेको ‘प्रोवोक्ड’ मा रियल लाईफ क्यारेक्टर निर्वाह गरेकी थिईन् ।

४१ वर्षीय यी नायिकाले १९ वर्षे अभिनय यात्रामा बलिउडदेखि हलिउडसम्मको फिल्ममा अभिनय गरेकी छिन् । उनी कहिल्यै पनि योजना बनाएर काम गर्दिनन् । उनी देबदास चोखेरबाली र सरकार राजलाई करिअरको महत्वपूर्ण फिल्म मान्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment