१० जेठ, नवलपरासी । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय निर्वाचन घोषणा गरेर सरकार उल्टो बाटो हिड्न खोजेको आरोप लगाएका छन् ।
नवलपरासीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले मुलक संघीयतातर्फ उन्मुख भएकाले सबै दल मिलेर संघीय संरचना अनुसार गाउँपालिका र नगरपालिकाको निर्वाचनतर्फ लाग्नुपर्ने बताए ।
उनले देशलाई कांग्रेसले मात्र निकास दिन सक्ने बताएका छन् । मधेसका जायज मागलाई सम्बोधन गर्न र आन्दोलरत पक्षलाई सरकारसँग सहमति गराउन कांग्रेसले नेतृत्वले लिने उनले बताए ।
सरकारले जनताको उत्तरदायीत्व वहन गर्न नसकेको टिप्पणी गर्दै नेता पौडेलले अब कांग्रेस लोकतन्त्रलाई संस्थागत गर्न साथै संविधान कार्यान्वयनतर्फ लाग्ने बताए ।
भूकम्प पडितहरुको समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाउँदै नेता पौडेलले देशमा भष्ट्राचार, महंगी र कालोबजारी मैलाउदै गएकोप्रति चिन्ता व्यक्त गरे ।
प्रतिक्रिया 4