Comments Add Comment

टानको ‘लाङटाङ-गोइसाइकुण्ड हाफ म्याराथन’ भोलि

marathon
१५ जेठ, काठमाडौं । ट्रेकिङ एजेन्सी एसोसिएशन नेपाल (टान) ले आफ्नो ३८ औं वाषिर्कोत्सवका अवसरमा आइतबार रसुवामा हाफ म्यारथन आयोजना गर्ने भएको छ । गोसाइकुण्डदेखि धुन्चेसम्म २१ किलोमिटरको म्याराथन हुन लागेको हो ।

टानले ‘प्रथम टान लाङटाङ-गोइसाइकुण्ड हाफ म्याराथन  गर्न लागेको हो । प्रतियोगितामा ६ जना विदेशीसहित १ सय ३ जना धावकले सहभागिता जनाउनेछन् ।

प्रतियोगितको आइतबार वनमन्त्री अग्नी सापकोटाले उद्घाटन गर्ने कार्यक्रम छ । भूकम्पपछि पनि लाङटाङ पदमार्ग सुरक्षित छ भन्ने सन्देश दिन कार्यक्रम गरिएको टानका उद्धार संयोजक देवी पाण्डेले बताए ।

प्रतियोगितमा प्रथम हुन नगद ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ हात पार्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment