+
+

माओवादी केन्द्र आफ्नै निर्णय कार्यान्वयन गर्न असफल

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १७ गते ६:५६

Maoist Center१७ जेठ, काठमाडौं ।  १० माओवादी घटकको एकतापछि बनेको नेकपा माओवादी केन्द्र आफैले गरेको अघिल्लो निर्णय कार्यान्वय गर्न असफल बनेको छ ।

नेताहरुको मर्यादाक्रम र पदका आकांक्षी बढी हुँदा पदाधिकारी चयनसमेत गर्न नसकेको माओवादी केन्द्रले सचिवालयका बाँकी सदस्य र पोलिटव्युरो निर्माण कार्यसमेत पूरा गर्न नसकेको आजको राजधानी दैनिकमा समाचार छ ।

गत ६ जेठमा पार्टी एकतापछि ९ र १० जेठमा पहिलोपटक बसेको केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकले ५१ सदस्यीय सचिवालय गठन गर्ने र १ सय ५१ सदस्यीय पोलिटव्युरो बनाउने निर्णय गरेको थियो । तर, अहिलेसम्म सचिवालयका बाँकी सदस्य थप्न र पोलिटव्युरो निर्माण गर्ने कार्य छलफलमा मौ सीमित बनेको छ ।

एकता केन्द्रका केन्द्रीय कार्यलय सदस्य देव गुरुङले महाधिवेशन आयोजक समिति बैठकले साताभित्र बाँकी सचिवालय सदस्य थप्न र पोलिटव्युरो बनाउन पहल गर्ने निर्णय गरेको बताउँदै पहलकदमी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?