Comments Add Comment

भुकम्पपछि पनि नेपाल सुरक्षित छ, निर्धक्कसँग घुम्न अाउनुस्ः अर्जेन्टिनी अभिनेता फकुन्दो

Fakundo

१९ जेठ, काठमाडोैं । अर्जेन्टिनाका प्रख्यात कलाकार फकुन्दो अराना सहितको सगरमाथा आरोहीको टोलीले नेपाल भूकम्पपछि पनि पहिला जस्तै सुरक्षित रहेको आफूले अनुभुति लिएको जनाएका छन् । तीन देशका यी आरोहीहरुले यो सन्देश आ-आफनो देश सहित विश्व सामु पुर्याउन भुमिका खेल्ने प्रतिबद्दता जनाएका छन् ।

आज राजधानीमा पत्रकारहरुसँग भएको अन्तर्क्रियामा अर्जेन्टिनाका प्रख्यात अभिनेता तथा संगीतकर्मी फकुन्दो सहितको अर्जेन्टिना, मलेसिया र क्यानडाका ९ जना आरोहीले नेपाल भुकम्पपछि पनि भुकम्पअघिको जस्तै सुरक्षित रहेको अनुभव गरेको बताए । आरोही दलका सदस्यहरुले सगरमाथाको आरोहणका क्रममा नेपालमा रहँदा नेपालको अवस्था सुरक्षित र नेपालीको मनोवल उच्च पाएको भन्दै नेपाल आउन पर्यटकले कुनै पनि सन्देह लिनु नपर्ने सन्देश विश्व सामू फैलाउने जनाए ।

अर्जेन्टियाली कलाकार फकुन्दोले भने “नेपाल सुरक्षित रहेको सन्देश विश्व सामु लैजान र आगामी दिनमा नेपालमा सहयोग गर्न म निकै इच्छुक छु ।” उनले थपे “भुकम्पपछि पनि नेपाल यत्तिको सुरक्षित रहेछ यस्तो अवस्थामा कुनै पनि विदेशी पर्यटक नेपाल आउन असजिलो मान्नु पर्दैन । म यो सन्देश विश्वलाई दिन चाहन्छु”

Fakundo-n-his-team

११ पटकसम्म सगरमाथाको सफल आरोहण गरेका नेपाली आरोहण गाईड टेण्डी शेर्पाको नेतृत्वमा ९ जना विदेशी आरोही र ९ जना नेपाली सहयोगी शेर्पाको टोलीले गत २३ मे मा सगरमाथाको सफल आरोहण गरेको थियो । आरोहणका नेतृत्व गरेका शेर्पाले भने “सामान्यतया आरोहीले सगरमाथाको आरोहणपछि सफलतामा रम्ने गरेको देखिने गरेको भए पनि यस आरोहण दलका सदस्यहरुले नेपालको बारेमा विश्वमा सुरक्षित रहेको सन्देश लैजान्छौ भनेर निकै ठुलो उत्साह देखाएका छन् ।”

आरोहणको ब्यवस्थापन गरेको नेपाली कम्पनी ट्याग नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन प्रालीका प्रबन्ध निर्देशक गोविन्द गुरुङ्गले प्रख्यात अर्जेन्टिनाका कलाकार फुकन्दोले सगरमाथाको सफल आारेहण गर्नु नै नेपालका बारेमा विश्वभर सकारात्मक सन्देश जाने बताए। फुकुन्दो अर्जेन्टिना र त्यस वरपरका देशमा निकै लोकप्रिय कलाकार हुन् । आरोहण दल केही दिनमा नै आ-आफनो देश फर्कदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment