Comments Add Comment

पार्टी विवाद मिलाउन एमालेको स्थायी समिति बैठक

फाइल फोटो
फाइल फोटो

२२ जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठक बस्ने भएको छ ।

पछिल्लो समय पार्टीमा देखिएको समास्या समाधानको प्रयास स्वरुप प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले वैठक बोलाएका हुन् ।

केही दिनयता माओवादीसँग भएको भनिएको भद्र सहमतिका विषयमा नेकपा एमालेका शीर्ष नेताहरु विभाजित भएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले कुनै सहमति नभएको जनाउदै आएपनि नेताहरु झलनाथ खनाल र माधव नेपालले सहमति भएको जनाउँदै आएका छन् ।

जसका कारण ओलीले विपक्षी दलका साथसाथै आफ्नै दलभित्र समेत भद्र सहमतिका विषयको सामना गर्न परिरहेको छ ।  वैठकमा सरकार परिवर्तनबारे छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बिहान ११ बजे बैठकमा पार्टी संरचना बारे समते छलफल हुने छ । केन्द्रीय कमिटि बैठकले पार्टी संगठनलाई प्रादेशिक ढाँचामा लैजाने निर्णय गरेपनि प्रदेश कमिटिहरु भने गठन भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment