Comments Add Comment

एक अर्जेन्टिनी हिरोको सागरमाथा आरोहण कथा

facundoभर्खरै तिब्बतबाट फर्किएका पर्वतारोहीहरूसँग अन्तरक्रिया गराउन जनु १ तारिखको बिहान ट्याग नेपाल ट्रेक्स एण्ड एक्सपेडिसनले एउटा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । त्यो टोलीमा ९ विदेशी र उति नै संख्यामा शेर्पाहरू थिए ।

उनीहरूले उत्तरी मोहडाबाट सर्वोच्च शिखर सगरमाथाको आरोहण मात्रै गरेनन्, तीन आरोहीले रेकर्ड पनि कायम गरे । टोलि सदस्य अलेजान्द्रा उलेहला तिब्बती मोहोडाबाट सगरमाथाको चुचुरोमा पुग्ने पहिलो अर्जेन्टिनीया महिला बनिन्, आजिम अफिफ र फारूल आइदिब बिन महम्मद युसफ चिनियाँ रूटबाट सगरमाथाको टुप्पोमा पुग्ने प्रथम मलेशियाली बने । महम्मद युसुफले त आफ्नो देशको कान्छा सगरमाथा आरोहीको सूचीमा आफूलाई पहिलो नम्बरमा नै राख्न सफल भएका छन् ।

उनीहरूका साथ सगरमाथा चढ्न हिँडेका थिए दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका प्रख्यात हिरो तथा सङ्गीतकार फाकुण्डो आराना । सन् २०१२ मा लेक लागेका कारण बिचैमा आफ्नो सगरमाथाको चुचुरोमा पाइला टक्ने सपना छोड्नु परे पनि यसपाली भने उनी दृढ निश्चयका साथ नेपाल आएका थिए । उनी भन्छन् ‘हाम्रो टोलीमा नेपाली आरोहीहरू नभएको भए त हामी २ दिन पनि बाच्दैनथ्यौं होला ।’

उनले हरेक हिमाल चढ्दा फहराउने गरेको झण्डा पनि देखाए । ‘हाम्रो देशमा ४ करोड मानिस बस्छन् । तर, जब कसैलाई रगत चाहिन्छ, रगत पाउन निकै गाह्रो छ । म जहाँ गए पनि यो झण्डा साथमा लिएर हिँड्छु ताकी मानिसहरूले सम्झून् रक्तदान कति महत्वपूर्ण छ भनेर ।’

आरोहण अनुभन सुनाउँदै फाकुण्डो आरानाले भने, ‘हामीलाई कुनै चोटपटक लागेन । हामी यस कारण भाग्यामानी थियौं कि सबै चिज सहि तरिकाले गरिएको थियो । हो हामी सगरमाथाको चुचुरोमा पुग्यौं । तर त्यो भन्दा महत्वपूर्ण कुरो के हो भने हाम्रो पुरा टोलीसँगै त्यहाँ पुग्यौं र सुरक्षित साथ पुग्यौं ।’

उनले अघि भने, ‘हामी ७,९०० मिटर जतिमा आइपुग्दा बेसरी हावा चल्न थाल्यो । मैले प्रकृतिले बोल्ने भाषा बुझ्ने मानिसलाई अहिलेसम्म भेटको थिइँन, त्यस क्षणमा मैले उनलाई भेटेँ ।’

हाम्रा टोली नेता टेण्डी शेर्पा हावा बगेको दिशा तर्फ फर्किए र हावाको कुरा सुन्दै हामीलाई भने, हामी झट्ट हिँडिहाल्नु पर्छ, हामी यहाँ सुरक्षित छैनौं ।’

आराना र उनको टोली दोस्रो क्याम्पमा नबसी तलतिर लागे । भोलिपल्ट उनलाई थाहा भयो कि दोस्रो क्याम्पमा कुनै पनि टेन्ट बाँकी रहेन !

पत्रकार सम्मेलन सकिएपछि आराना अनलाइनखबरसँग केही बेर गफिए ।

तपाईँले भन्नुभयो कि टेण्डी शेर्पाले हावाको भाषा बुझ्नुहुन्छ । यस्तो सम्भव छ  ?

तपाईँ त्यहाँ हुनु भएको भए अलि बढी विश्वास गर्नुहुन्थ्यो होला । तपाईँले कहिले एउटा सिंह जङ्गलमा हिँडिरहेको देख्नु भएको छ ? ऊ हिँडिरहेको बेला अकस्मात् टक्क अडिन्छ र एकोहोरो हेर्छ, के हेर्छ कसैलाई थाहा हुँदैन । त्यसैगरी टेण्डी शेर्पा जब हावाको बहावका विपरित उभिए, उनले आँखा चिम्म गरे । उनलाई महसुस नै भएन कि मैले उनलाई हेरिरहेको छु । त्यसपछि उनले बादलहरू तर्फ हेरे र भने, ‘हामी अब यहाँबाट लाग्नुपर्छ ।’

हामीसँग अक्सिजन छँदैछ, थकाई पनि लागेको छ । एक छिन थकाई मेटाऊँ न त, भन्दा पनि उनी मानेनन् ।
त्यसपछि के भयो ?

केही शिप नलागेर हामी हिँड्यौँ । पछि थाहा भयो कि त्यहाँ हावा हुरी चलेछ र हामीले बस्ने भनेको ठाउँका ५ वटा टेन्ट उडाएर लगेछ ।

तपाईँ चाहे जति पढ्नुहोस् । तर, प्रकृतिले के भन्दैछिन् भनेर सुन्न सक्ने क्षमता सबैले विकास गर्न सक्दैनन् ।

facundo1यो त भयो तपाईँको सगरमाथा आरोहणको कथा । तपाईँको बाल्यकालका बारेमा हामीलाई बताइ दिनुस् न

म सानो छँदादेखि नै म प्रकृतिलाई माया गर्छु । म जङ्गलमा जान्थेँ, पहाडमा जान्थेँ र समुऽमा पनि । ममा जिज्ञासा छ र मलाई यो आसाध्यै मनपर्छ ।

तपाईँले क्यान्सर विरुद्ध जित हासिल गर्नु भो । त्यसबारे केही बताइदिनुस् न

हेर्नुहोस्, हामी सबै केही न केही चिजलाई जितेर बाँचिरहेका हौं । हामी सबै सर्भाइभर हौं । यसै कारण हामीमा सहि निर्णय लिन सक्ने क्षमता बढेर जान्छ । मेरो केसमा पनि यही भएको हो ।

फाकुण्डो आरानो आरानालाई नेपालमा खासै चिनिँदैन । तपाईँको सङ्गीत र अभिनयबारे केही शेयर गर्न मिल्छ ?

मैले बजाउने भनेको रिदम, ब्लुज र रक एण्ड रोल हो । तर, म सबै प्रकारको सङ्गीत रुचाउँछु । म आफूलाई निकै भाग्यमानी ठान्छु किनभने म सानोछँदा देखि नै मलाई थाहा थियो म के गर्छु भनेर । मलाई थाहा थियो म कसरी बाँच्न चाहन्छु भनेर । म अभिनय गर्छु, गीत गाउँछु र हिमालहरू चढ्छु । मेरो एउटा सुन्दर परिवार छ, केटाकेटी छन् ।

फेरि सगरमाथा आरोहणको कुरा गरौं, यो तपाईँको दोस्रो पटक हो सगरमाथामा ?

हो । यस अघि म २०१२ मा आएको थिएँ ।

तपाईँले पहिलो पटकबाट के सिक्नु भयो ?

सगरमाथा चढ्नु मात्रै ठूलो कुरो होइन ।

तर, तपाईँ सगरमाथा आरोहण गर्नका लागि फर्किनु भएको होइन ?

मैले अगाडि भने जस्तै, सगरमाथाको चुचुरोमा पुग्नु ठूलो कुरो होइन । तपाईँ कस्तो अनुभव गर्नुहुन्छ त्यो ठूलो कुरो हो । नेपालमा आफ्नो बसाईका बारेमा चिर कालसम्म म बेस क्याम्पबाट हेलिकोप्टरमा झरेको दृश्य देख्न चाहन्थेँ । त्यो निकै पीडादायी थियो ।

कहिले काहीँ हिमालले नै नाईँ भन्दो रहेछ होइन त ?

ठ्याक्कै त्यही हो । हिमालले नाईँ भनेको बेला तपाईँले स्विकार्नु पर्छ ।

यसपाली भने मैले टेण्डी शेर्पालाई रोजे । अब हिमालका बारेमा धेरै कुरा नगरौँ । मलाई थाहा छ यसका अलावा गर्ने कुरा धेरै छैनन् तर, पनि । हाम्रो टोलीमा कहिल्यै कुनै विषयलाई लिएर विवाद भएन । हाम्रो टोलीमा थुप्रै देशका मानिस थिए । मेरो विचार यो सब लोकलहरूसँगको हाम्रो सहकार्यका कारण सम्भव भएको हो ।

शेर्पाहरूका लागि सगरमाथा नै घर हो । उनीहरू यहाँका राजा हुन् । हामी अक्सिजन भिरेर क्लाइम्बिङ सुट लगाएर हिँड्छौँ । उनीहरूलाई खोइ त तपाईँको अक्सिजन भन्दा उल्टै हामीलाई सोध्छन् ‘आर यू ओके ?’ हामी त केवल पानी भित्रका माछा जस्तै हौँ ।

हिमालको माथि एक दिन बिहान मैले सोधे, ‘राति निन्द्रा पर्‍यो ?
हामी भन्छौं, अहँ परेन
उनीहरू (शेर्पा) भन्छन्, ‘गज्जब सित निदाइयो !’
कस्तो अचम्म !

अनलाइनखबर अंग्रेजीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment