Comments Add Comment

गजल

तरल बग्न चाहन्छु म समयको यो बहाबसँग
छैन गुनासो दुनियासँग न छ आफ्नै स्वभावसँग ।।

Dipesh-Ghimireनियालेरै अनुहारमा पढ्न सक्थेँ मनका हालात,
अल्छिन्छु त केबल रंगिन चरित्रका नकाबसँग ।।

हो म सिर्फ एउटा बुंद हुँ घडा भर्ने औकात बोक्छु,
एक्लो युद्ध महाभारत लड्छु आफ्नै दवाबसँग ।।

चाहतको गोवर्धन बोक्ने आफ्नै जीवन मलामी म,                                    निशब्द छु भित्रभित्रै मन मौषमको बदलावसँग ।।

प्रणयप्रेमको पुजारी म आत्मियताको बिम्ब खोज्दै
मजधारे मुसाफिर अन्तर्मनको टकरावसँग ।।

दिपेश घिमिरे, नुवाकोट

ट्वीटरमाः @Dpsdg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment