Comments Add Comment

‘सरकारको वार्ता आह्वानमा गठबन्धन फुटाउने आशय’

वार्ताबारे धारणा बनाउन संघीय गठबन्धनले बैठक बोलायो

anasan

३२ जेठ, काठमाडौं । सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई मात्र वार्तामा बोलाएर आफूहरुलाई फुटाउन खोजेको संघीय गठबन्धनले निष्कर्ष निकालेको छ । वार्तामा जाने कि नजाने भनेर निर्णय गर्न असार २ गते गठवन्धनको बैठक समेत बोलाइएको छ ।

काठमाडौंको खुलामञ्चमा जारी गठबन्धनको सचिवालयको मंगलबार अपरान्ह संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले वार्ताका लागि आह्वान गरिएको सरकारी पत्र गठबन्धनलाई फुटाउने आशयको भएको निष्कर्ष निकालेको हो ।

सचिवालयका सदस्य एवम् राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले मोर्चालाई पत्र पठाएका आधारमा सरकारसँग वार्ता गर्ने/नगर्ने विषयमा असार २ गते आन्दोलन मूल समितिको बैठक बोलाइएको बताए । उनले गठबन्धन र मोर्चाले असार २ गतेको बैठकपछि नै वार्ताबारे ठोस जवाफ दिने बताए ।

संघीय गठबन्धनमा मोर्चामा आवद्ध वाहेकका आदिवासी जनजाति सम्बद्ध डेढ दर्जन दल छन् । मोर्चाले मधेसका जिल्लामा दुई वटा प्रदेश बनाइनुपर्ने माग गर्दै आएकामा गठबन्धनले तत्कालीन राज्य पुनसंरचना आयोगले सुझाव दिएअनुसार पहिचानका आधारमा प्रदेश बनाइनुपर्ने बताउँदै आएको छ । तत्कालीन आयोगले १० वटा प्रदेश बनाउन सुझाव दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment