Comments Add Comment

गोपनीयता नहुँदा उजुरी दिन डराउँछन् द्वन्द्व पीडित

TRC-Nepal३ असार, कञ्चनपुर । गोपनीयता कायम नहुँदा सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका सुदूरपश्चिमका बेपत्ताका परिवार उजुरी दिन डराउने गरेका छन् ।

सङ्क्रमणकालीन न्याय र सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा रहेका कानुन सम्बन्धी बिहीबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित सुदूरपश्चिमाञ्चलस्तरीय छलफल कार्यक्रमका सहभागीले उजुरी हाल्ने पीडितको नाम नै जिम्मेवार निकायबाट सार्वजनिक गरिन थालेपछि धेरै पीडित परिवारले उजुरी नदिएको धारणा व्यक्त गरे ।

गोपनीयता भङ्ग हुन थालेपछि पीडकले डर, धम्की र त्रास देखाउन थालेपछि कैयौँ परिवार उजुरी दिन नआएको न्यायका लागि द्वन्द्वपीडित समाज कञ्चनपुरका अध्यक्ष धर्मसिंह चौधरीले बताए ।  द्वन्द्वका क्रममा भएका जघन्य मानवअधिकार उल्लङ्घनका घटनाका रुपमा रहेका हत्या, बलात्कार, यौनहिंसा, बेपत्ता लगायतका अक्षम्य कार्य गर्ने उम्कने सम्भावना रहेको उनले बताए ।

“सत्यनिरुपण तथा मेलमिलाप आयोगप्रति पीडित परिवारको विश्वास नहुँदा नै उजुरी दिनबाट वञ्चित रहेका छन्”, उनले भने । सत्ता र शक्तिमा रहेका व्यक्ति बीचको लडाइँले द्वन्द्व सृजना हुँदा मानवअधिकार उल्लङ्घन भएको उल्लेख गर्दै एडभोकेसी फोरम मध्यमाञ्चलका प्रमुख वसन्त गौतमले द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, पुनःस्थापना र न्याय दिइनुपर्ने बताए ।

कतिपय पीडित परिवारलाई उजुरी कहाँ दिनुपर्छ भन्ने समेत थाहा नभएको भन्दै उनले भने , “सूचनाको अभावमा आयोगमा उजुरी दिनबाट धेरै छुटेका छन् ।” पीडितपरिवारले न्याय पाउनका लागि निरन्तर लडेमा लक्ष्यमा पुग्न सकिने अधिवक्ता रुक्मनी महर्जनले बताए ।  मानव अधिकारकर्मी कोमलनिरञ्जन भाटले आयोगले द्वन्द्वका घटना छानबिन गरी पीडकलाई कारबाहीका लागि सिफारिस गर्नुपर्नेमा जोड दिए ।

मेलमिलापमै द्वन्द्वका घटना टुङ्ग्याइएमा समाजमा झनै द्वन्द्व निम्तिन सक्ने उहाँले उल्लेख गरे । बेपत्ता परिवारका हिरा भण्डारीले उजुरी दिनका लागि छुट्टै कोठाको व्यवस्था गरिनुपर्ने भए पनि सामूहिक रुपमै उजुरी दिनका लागि फाराम भर्दा सूचना चुहावट भई पीडकसम्म पुग्ने गरेकाले समस्या रहेको बताए ।

स्थानिय शान्ति समितिमार्फत बेपत्ता एक हजार ४६८ जनाका परिवारले उजुरी दिएका छन् । द्वन्द्वका क्रममा यहाँका ३०७ जनाको हत्या भएको थियो । विस्थापित १८९, सम्पत्ति क्षति ११४ र सवारीसाधन क्षति १२ भएको थियो । यसैगरी, थुनामा ९६, घाइते १२, अङ्गभङ्ग ५० र अपहरण आठ जनाको भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment