Comments Add Comment

एमाले कर्मचारीमा कुटाकुट, बैठक स्थगित

कांग्रेसले प्रतिनिधि छान्यो, माओवादी अदालत पुग्यो

३ असार, काठमाडौं । आधिकारिक ट्रेड युनियनको पदाधिकारीमा को जाने भन्ने विवाद बढेपछि एमालेनिकट नेपाल निजामति कर्मचारी संगठनभित्र शुक्रबार दिउँसो कुटाकुट भएको छ ।

Punya-Dhakal
पुण्यप्रसाद ढकाल

आधिकारिक ट्रेड युनियनमा पदाधिकारी र सदस्य बनेर जान चाहने आकांक्षीहरुको संख्या बढेपछि एमालेनिकट कर्मचारी संगठनमा विवाद चर्केको हो ।

विवाद चर्कदै जाँदा बबरमहलस्थित कार्यालयमा बसेको बैठकमा केही केन्द्रीय प्रतिनिधिहरुले संगठनका अध्यक्ष पुण्य प्रसाद ढकालमाथि हातपात गरेको उपाध्यक्ष केदार देवकोटाले अनलाइनखबरलाई बताए ।

विवाद र कुटाकुट भएपछि प्रतिनिधि छनौट गर्न बोलाएको बैठक स्थगित भएको छ ।

प्रतिनिधि छनोटका लागि विहीबार पनि बैठक बोलाइएको थियो । तर, अध्यक्ष ढकाल दिनभरि बैठकमै नआई भागेको भाेला पाेखरेल पक्षले आरोप लगाएकाे छ । ढकाल पक्षले अध्यक्षमाथि कुटपिट भएको बताए पनि भोला पोख्रेल पक्षमा नेताले चाँहि बैठकमा हातपात नभएको दाबी गरेका छन् । शुक्रबार प्रज्ञा भवन कमलादीमा पेशागत महासंघको कार्यक्रम भएकाले बैठक स्थगित गरिएको पोखरेल पक्षको दाबी छ । आधिकारिक ट्रेड युनियनमा एमालेनिकट संगठनले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सहित ११ जना प्रतिनिधि पठाउनुपर्नेछ ।

अध्यक्षका लागि चारजनाले दाबी गरेका छन् । पुण्य ढकाल, गणेश रस्याल, लक्ष्मण खड्का र भोला पोखरेलले अध्यक्ष पदको दाबी गरेका छन् ।

त्यस्तै एमाले कोटाबाट उपाध्यक्षमा दुईजना र कोषाध्यक्षमा पाँच जनाले दाबी गरेका छन् ।

कांग्रेसले प्रतिनिधि छान्यो, माओवादी अदालत पुग्यो

महासचिवसहित ७ जनाले प्रतिनिधित्व गर्ने कांग्रेसनिकट नेपाल निजामति कर्मचारी युनियनले भने प्रतिनिधि छनोट गरिसकेको छ । युनियनले सुबोध देवकोटालाई आधिकारिक ट्रेड युनियनको महासचिव बनाउने निर्णय गरेको छ ।

उता माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनले भने आफूहरुले पाउने उपाध्यक्ष पद खोसेर सचिव पद दिइएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment