Comments Add Comment

साउन १६ भित्रै कक्षा ११ को पढाइ सुरु गर्न निर्देशन

HSEB-Nepal
४ असार काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले आउँदो साउन १६ गतेभित्रै ११ कक्षाको पढाइ सुरु गर्ने गरी शैक्षिक कार्यातालिका सार्वजनिक गरेको छ ।

परिषद्ले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै साउन १५ गतेभित्रै भर्ना गरी १६ गतेदेखि कक्षा सञ्चालन गर्न सबै क्याम्पस र विद्यालयलाई निर्देशन दिएको छ ।

यस्तै कक्षा १२ को भर्ना साउन १ गतेभित्र गरेर २ देखि कक्षा सञ्चालन गर्ने सूचनामा उल्लेख छ । विद्यार्थीले भदौभित्र परिषद्को लागि रजिष्ट्रेशन फारम भर्नुपर्नेछ । यस्तै आउँदो माग १ गतेदेखि परीक्षा फारम भरिनेछ ।

माघ महिनाभरि फारम भर्ने समय तोकिएको छ ।  कक्षा ११को भर्ना २०७४को अन्तिम हप्तामा सञ्चालन हुनेछ भने १२को दोस्रो सातामै हुनेछ ।

सूचना हेर्नुस्
hseb

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment