Comments Add Comment

परिचयपत्र दिन तिब्बती शरणर्थीहरको माग

saradarthi_taplejung६ असार, ताप्लेजुङ । ताप्लेजुङको लेलेपस्थित फलेमा रहेका तिब्बती शरणार्थीहरुले सरकारसँग परिचय-पत्र दिन माग गरेका छन् ।

विक्रम संवत २०२२ साल अर्थात सन १९६५ मा तिब्बतमा दलाई लामाको नेतृत्वमा बिऽोह भएपछि नेपाल प्रवेश गरेका सताईस परिवारका एक सयबढि शरणार्थीहरुले आफूहरुसँग परिचय पत्र र नागरिकता दुबै नहुँदा परिवारको दैनिकी र जीवन चलाउन कठिन भएको गुनासो गरेका छन् ।

‘५ दशक अघि शरणार्थीको रुपमा खाली हात यहाँ आएका हौ,’ फलेका निम छोमुले भने ‘मान्छे हुनुको नाम र परिचय बाहेक हामीसँग न आफ्नो जग्गाजमिन छ, न नागरिकता नत परिचय पत्रनै’ परिचय पाएर मर्न पाए सन्तोक हुनेथियो प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे समक्ष आँसु झादै छेमुले भने ।

नेपालमै आएपछि जन्मिएर यही ५५ बर्षको बितायौ, अर्को शरणार्थी डोल्मा शेर्पाले भनिन्, बरु नेपाली केटा सँग विहे गरेको भए नागरिकता त पाईन्थ्यो । नागरिकता अथवा परिचय पत्र नहुँदा जागिर पाउन देखी अन्य महत्वपूर्ण काममा समेत दुःख र सास्ती बेहोर्नु परेको उनीहरुको भनाइ छ ।

शरणार्थी भएर आउदा बसेको सार्वजनिक जग्गामा साना काठले छाएको घरमा उनीहरुले जीवनको पाँच दशक लामो अवधि बिताइसकेका छन् । घर बाहेकको साना जग्गामा आलु खेति र चौरि पालन गरेर जिविका चलाइरहेको उनीहरुले नागरिकता र परिचय पत्र दुबै नहुँदा स-साना काममा पनि सास्ति बेहोर्नुपरेको गुनासो गरे ।

बालबच्चाको शिक्षाका लागि केहीले स्थानीय स्कुलमै पढाउने गरेका छन् भने केहीले पोखरा, काठमाडौ र दार्जेलिङका गुम्बाहरुमा पनि पढाउन पठाएका छन् । “हाम्रा बालबच्चालाई एउटा भाषामा मात्र पढाएर काम दिदैन, उनले स्थानिय डोल्माले भनिन्, तीन भाषा (नेपाली, तिब्बति र अंग्रेजी) अनिवार्य रुपमा पढाउनुपर्छ ।” यस्तो व्यवस्था जिल्ला नभएकाले काठमाडौ, पोखरा र दार्जेलिङ सम्म लैजानुपरेको उनको भनाइ छ । हाल फलेमा २७ परीवारका ३५ नाबालक साहित करिब एक सयबढि शरणार्थी बस्दै आएका छन् ।

यस अघि नेपाल सरकार मार्फत जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले यस क्षेत्रका ४६ जनालाई शरणार्थी परिचय पत्र प्रदान गरिएको भए पनि अधिकांशले रिन्यू नगरेको तथा केहिको २०७० सालमा सदरमुकाममा भएको आगलागिमा जलेकाले अहिले उनीहरु परिचय पत्र विहिन अबस्थामा रहेका छन् ।

उनीहरुले सो समयमा सबैको परिचय पत्र नविकरण गर्न सदरमुकामस्थित छत्र मादेनकोमा ल्याएर राखेको थिए । सोहि समयमा आगलागीहुँदा सबै परिचय पत्र जलेको उनीहरुको भनाइ छ । सो समयमा यस स्थानमा ८१ जना मात्र भए पनि अहिले संख्या बढेर एकसय नाघेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।

तिब्बती शरणार्थीहरुले नागरिकताको माग गरे पनि जिल्ला तहबाट नागरिकता दिने नदिने निर्णय गर्ने अधिकार नभएकाले अहिले शरणार्थी परिचय पत्रका लागि मन्त्रालय र केन्द्रमा कुरा गरेकाले केहि महिना पछिनै उनीहरुलाई स्मार्ट परिचय पत्र वितरण गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment