Comments Add Comment

नेपालीहरुले ज्यान गुमाएकोप्रति अफगानिस्तानका राष्ट्रपतिद्धारा दुःख व्यक्त

President_Mohammad_Ashraf_Ghani८ असार, काठमाडौँ। अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी अहमदजाइले  राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन गरी आत्मघाती आतङ्ककारी हमलामा नेपालीहरुले ज्यान गुमाएकोप्रति दुःख व्यक्त गरेका छन् ।

टेलिफोन वार्ताका क्रममा राष्ट्रपति घानीले हमलामा घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेकाे राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले यस दुःखद् घटनाबाट सबै शान्तिप्रेमी नेपालीहरु स्तब्ध र मर्माहत भएको बताउँदैे अफगानिस्तान सरकारले त्यहाँ रहेका नेपालीहरुको उचित सुरक्षाका लागि आवश्यक कदम चाल्ने विश्वास व्यक्त गरिन् ।

उनले  नेपालले सबै प्रकार र स्वरुपका आतङ्कवादको कडा भत्र्सना गर्दै आएको र यस निन्दनीय आतङ्ककारी हमलाको कडा भत्र्सना गर्दै आतङ्कवादविरुद्धको विश्वव्यापी लडाइँमा नेपाल र अफगानिस्तानबीच सहकार्य जारी रहने बताइन् ।

टेलिफोनका क्रममा अफगान राष्ट्रपति घानीले हमलामा परेर निधन भएकाको शव नेपाल पठाउन पूर्ण सहयोग गरिने र घाइतेहरुको उपचारका लागि आफ्नो सरकारले प्राथमिकता दिएको बताएका थिए ।

सोमबार बिहान अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूहले गराएको विस्फोटनमा परी १२ नेपालीको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment